Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहसँग भारतीय सेना प्रमुख सेठले आज शिष्टाचार भेटवार्ता गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २ २०८३
  • 627
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय सेना प्रमुख जनरल धीरज सेठले मंगलबार शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ।

आइतबार नेपाल आउनुभएका जनरल सेठले प्रधानमन्त्री शाहसँग मंगलबार भेटवार्ता गर्न लाग्नुभएको हो। भेटका क्रममा नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध, दुई देशबीचको सैन्य सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भारतको प्रधानसेनापतिका रूपमा नियुक्त भएपछि जनरल सेठले आफ्नो पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको कार्यकालमा नेपाल भ्रमण गर्ने भारतका उच्च अधिकारीमध्ये जनरल सेठ पनि महत्वपूर्ण अधिकारीका रूपमा रहनुभएको छ।

यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले जनरल सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको हो।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा जनरल सेठ तीनदिने नेपाल भ्रमणमा आउनुभएको हो। भ्रमणका क्रममा उहाँले सोमबार बिहान प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्नुभएको थियो।

प्रधानसेनापति सिग्देलसँगको भेटमा दुई देशका सेनाबीचको सहकार्य, पारस्परिक सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ। भेटपछि भारतीय सेना प्रमुख जनरल सेठले नेपाली सेनाका लागि स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गर्नुभएको थियो।

नेपाल र भारतबीच लामो समयदेखि रक्षा तथा सुरक्षा क्षेत्रमा सहकार्य हुँदै आएको छ। दुवै देशका सेना प्रमुखबीच हुने नियमित उच्चस्तरीय भेटवार्ता तथा एक–अर्काका सेना प्रमुखलाई प्रदान गरिने मानार्थ महारथीको सम्मानलाई दुई देशबीचको परम्परागत सैन्य सम्बन्धको महत्वपूर्ण पक्षका रूपमा लिइन्छ।

प्रधानमन्त्री शाह र भारतीय सेना प्रमुख सेठबीचको मंगलबारको भेटले नेपाल–भारत सम्बन्ध तथा दुई देशका सुरक्षा निकायबीचको सहकार्यलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४