Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको कार्यशैली र जनसरोकारका मुद्दामा भइरहेको ढिलासुस्तीप्रति रास्वपा सांसद प्रसाईको विराेध


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २२ २०८३
  • 722
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईले आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको आलोचना गर्नुभएकाे छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बाेल्दै सांसद प्रसाईले सरकारको कार्यशैली र जनसरोकारका मुद्दामा भइरहेको ढिलासुस्तीप्रति आफ्नै सरकारको विरोध गर्नुभएकाे हाे । निर्वाचनका बेला जनतामाझ लगिएका नारा र अहिलेको वास्तविकताबिचको खाडलले आफूलाई झस्काएको बताउनुभयाे।

उहाँले भन्नुभयाे,- ‘हामीले निर्वाचन अगाडि ‘नो लाइन, केबल अनलाइन’ भन्ने नारासहित जनताको मत मागेका थियौँ। तर आज त्यो नाराले मलाई झस्काइरहेको छ। अहिले अनलाइन होइन, बजारमा नागरिकको लामो लाइन मात्र देखिन्छ। अनलाइन सेवा भनिए पनि सर्भर बिग्रेको बिग्रियै गर्छ। नागरिकले सास्ती पाएका छन् । लामो लाइन बस्दा पनि नागरिकले सहजै ग्यास पाएका छैनन्। यो समस्याको तत्काल समाधान होस् भन्ने माग गर्दछु।’

सांसद प्रसाईले सरकारी सेवाहरूलाई प्रविधिमैत्री बनाउने भनिए पनि व्यवहारमा नागरिकले सास्ती खेप्नुपरेको उल्लेख गर्नुभयाे। अनलाइन सेवा भनिएता पनि सर्भरमा बारम्बार आउने समस्याले नागरिकले दुःख पाएको उहाँको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४