Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हेटौँडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २२ २०८३
  • 684
    SHARES

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाले नगरलाई सुन्दर, सफा, हराभरा तथा वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ लाई पर्यटन वर्षका रूपमा घोषणा गरेको उपमहानगरपालिकाले पर्यटकीय नगरको पहिचानलाई थप मजबुत बनाउने उद्देश्यसहित सरसफाइ अभियानलाई व्यापक बनाएको हो ।

महाअभियानअन्तर्गत हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानमा एकैसाथ सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ । उपमहानगरपालिका आसपासका क्षेत्र, सरकारी कार्यालय, वडा कार्यालय, बैंक तथा वित्तीय संस्था, विद्यालय, विभिन्न सङ्घसंस्था तथा अन्य कार्यालयहरूलाई अभियानमा सहभागी गराइएको छ ।

वन, वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख सत्यदेवी अधिकारीका अनुसार आज बिहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म एक घण्टा कार्यालय परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गरेर अभियानको सुरुआत गरिएको हो । अभियानलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी नगरवासीको दैनिक व्यवहारसँग जोडेर अघि बढाउने तयारी गरिएको उनले जानकारी दिइन् ।

उपमहानगरपालिकाले नगर क्षेत्रमा उत्पादन हुने फोहरलाई उचित रूपमा व्यवस्थापन गर्दै सार्वजनिक स्थानमा फोहर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने लक्ष्य लिएको छ । फोहर उत्पादन हुने स्थानमै वर्गीकरण गर्ने, पुनःप्रयोग गर्न सकिने सामग्रीलाई छुट्याउने तथा जैविक र अजैविक फोहरको उचित व्यवस्थापन गर्ने विषयलाई पनि अभियानमा प्राथमिकता दिइने जनाइएको छ ।

पर्यटन वर्षका रूपमा अघि बढाइएको चालु आर्थिक वर्षमा हेटौँडालाई स्वच्छ र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सरसफाइलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ । पर्यटकको आगमन बढाउन प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै सडक, बजार, सार्वजनिक स्थल र पर्यटकीय क्षेत्रको स्वच्छता कायम गर्न आवश्यक रहेकाले ‘शून्य फोहर’ अभियान सञ्चालन गरिएको उपमहानगरपालिकाको भनाइ छ ।

अभियानमा सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, वित्तीय संस्था, व्यवसायी, विभिन्न सङ्घसंस्था तथा स्थानीयवासीलाई सहभागी गराएर सामूहिक जिम्मेवारीको भावना विकास गर्ने लक्ष्य राखिएको छ । नगरलाई सफा राख्ने जिम्मेवारी केवल स्थानीय सरकारको मात्र नभई प्रत्येक नागरिक, व्यवसायी तथा संस्थाको पनि भएकाले सबैलाई अभियानमा सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी फोहर फाल्ने, सडक तथा नालीमा फोहर थुपार्ने र फोहर व्यवस्थापनमा लापरबाही गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै स्वच्छ वातावरण निर्माण गर्ने लक्ष्य अघि सारेको छ । यसका लागि सरसफाइसँगै फोहर व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई समेत निरन्तरता दिइने बताइएको छ ।

‘शून्य फोहर’ महाअभियानलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन वडा तहसम्म सरसफाइ तथा फोहर व्यवस्थापनका गतिविधिलाई विस्तार गर्ने तयारीसमेत गरिएको छ । स्थानीय समुदाय, टोल विकास संस्था, विद्यालय तथा अन्य सामाजिक संस्थालाई अभियानसँग जोडेर नियमित सरसफाइ र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

उपमहानगरपालिकाले हेटौँडालाई व्यवस्थित, स्वच्छ, हराभरा र पर्यटकमैत्री नगरका रूपमा विकास गर्न अभियानलाई निरन्तरता दिने जनाएको छ । पर्यटन वर्षको अवसरमा सुरु गरिएको अभियानले नगरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै स्वच्छता र वातावरण संरक्षणप्रति नागरिकमा थप जिम्मेवारीबोध गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४