Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भूमि प्रशासन कार्यालय लगनखेलमा घुसकाण्ड, तीन कर्मचारीसहित पाँच जना अख्तियारको नियन्त्रणमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १६ २०८३
  • 380
    SHARES

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, लगनखेलमा कार्यरत तीन कर्मचारी र दुई लेखापढी व्यवसायीलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। जग्गाको बकसपत्र गराउने प्रक्रियामा सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस मागेको आरोपमा उनीहरूलाई शुक्रबार पक्राउ गरिएको हो।

अख्तियारका अनुसार नियन्त्रणमा पर्नेहरूमा भूमि प्रशासन कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल रहेका छन्।

आयोगका अनुसार जग्गाको बकसपत्र गराइदिने नाममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिँदै तीन लाख रुपैयाँ घुस मागिएको भन्ने सूचना तथा उजुरी प्राप्त भएपछि विशेष निगरानी राखिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आयोगको टोलीले तीन लाख रुपैयाँ घुस रकम र स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ नगद सहित उनीहरूलाई ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट नियन्त्रणमा लिएको हो।

आयोगले बरामद गरिएको नगद, घटनासँग सम्बन्धित कागजात तथा अन्य प्रमाणहरू नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा कर्मचारी र लेखापढी व्यवसायीबीचको मिलेमतोमा सेवाग्राहीसँग घुस मागिएको देखिएको आयोगको भनाइ छ।

अख्तियारले सार्वजनिक सेवा प्रवाहमा हुने भ्रष्टाचार र घुसखोरीविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ। साथै, सार्वजनिक कार्यालयमा सेवा लिँदा कसैले घुस मागे वा अनियमितता गरेमा तत्काल अख्तियारमा उजुरी गर्न पनि सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४