Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १४ २०८३
  • 684
    SHARES

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज (बिहीबार) प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बस्ने भएको छ। मुलुकको समसामयिक सुरक्षा अवस्था, प्राकृतिक विपद्, सीमा सुरक्षा तथा पछिल्लो समय विकसित राजनीतिक र प्रशासनिक परिस्थितिबारे व्यापक छलफल गर्न बैठक आह्वान गरिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे बस्ने बैठकमा पछिल्लो समय देशभर अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो तथा डुबानको अवस्था, त्यसबाट प्रभावित जनजीवन, उद्धार तथा राहत कार्यको प्रभावकारिता, संवेदनशील क्षेत्रको सुरक्षा व्यवस्था तथा विपद् व्यवस्थापनका विषयमा विशेष समीक्षा गरिने जनाइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सम्बन्धित समसामयिक विषयहरू, आन्तरिक शान्ति–सुरक्षा, सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था, विपद् जोखिम न्यूनीकरण तथा आवश्यक समन्वयका विषयमा समेत विस्तृत छलफल हुनेछ। विभिन्न सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने, आवश्यक रणनीतिक निर्णय गर्ने तथा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने विषय पनि बैठकको कार्यसूचीमा रहने अपेक्षा गरिएको छ।

हाल देशका विभिन्न जिल्लामा वर्षा, बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध हुनुका साथै जनधनको क्षति भएको छ। यस्तो परिस्थितिमा उद्धार, राहत, पुनःस्थापना र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय आवश्यक भएकाले सुरक्षा परिषद्को बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।

राष्ट्रिय सुरक्षा परिषद् नेपालको राष्ट्रिय सुरक्षा नीति निर्माण, सुरक्षा रणनीति तथा संवेदनशील राष्ट्रिय विषयमा सरकारलाई आवश्यक सुझाव दिने संवैधानिक संयन्त्र हो। परिषद्ले मुलुकको समग्र सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै आवश्यक नीतिगत निर्णयका लागि सरकारलाई सिफारिस गर्ने जिम्मेवारी पनि वहन गर्दछ।

परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने सदस्यका रूपमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्यसचिव, प्रधान सेनापति तथा रक्षा सचिव रहने कानुनी व्यवस्था रहेको छ।

आजको बैठकबाट समसामयिक सुरक्षा चुनौती, विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षासम्बन्धी विभिन्न विषयमा आवश्यक निर्णय र सम्बन्धित निकायलाई आवश्यक निर्देशन जारी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४