Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १३ २०८३
  • 1.1K
    SHARES

काठमाडौँ । कर्णाली राजमार्गअन्तर्गत कालीकोट–जुम्ला सडकखण्डको सेराबाडा क्षेत्रमा बुधबार सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्ड भएर सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन ठप्प भएको छ भने यात्रुहरू बाटोमै रोकिएका छन्।

जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईका अनुसार खाँडाचक्र नगरपालिका–८ स्थित सेराबाडामा माथिबाट ठूलो परिमाणमा ढुङ्गा र माटोसहित सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

उनका अनुसार पहिरोसँगै झरेका विशाल ढुङ्गाहरूका कारण सामान्य उपकरण प्रयोग गरेर सडक खुलाउन कठिन भएको छ। सानो मेसिनले ती ढुङ्गा हटाउन वा फुटाउन नसक्ने अवस्था रहेकाले सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरी ठूलो क्षमताको एक्साभेटर (स्काभेटर) मगाइएको छ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले सडक खुलाउने प्रयास तीव्र बनाइएको जानकारी दिँदै भने, “सडक डिभिजन कार्यालय जुम्लाको कालीकोटस्थित टिमुरे भिरमा रहेको एक्साभेटर घटनास्थलतर्फ ल्याइँदै छ। हामी जतिसक्दो छिटो सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छौँ।”

सडक अवरुद्ध भएपछि कर्णाली राजमार्ग हुँदै कालीकोट, जुम्ला तथा अन्य हिमाली जिल्लातर्फ आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्। आवश्यक खाद्यान्न, दैनिक उपभोग्य सामग्री र अन्य आपूर्ति बोकेका गाडीहरू पनि बाटोमै रोकिएका छन्।

स्थानीय प्रशासन, सुरक्षा निकाय र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने काम गरिरहेको जनाएको छ। पहिरो हटाउने कार्य मौसम र भू–भागको अवस्थाअनुसार अघि बढाइने भएकाले केही समय लाग्न सक्ने अनुमान गरिएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक उक्त सडकखण्ड प्रयोग नगर्न तथा यात्रा गर्नुपर्ने अवस्थामा सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, पहिरो प्रभावित क्षेत्रमा अनावश्यक भीड नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४