Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरीमा मध्यरातमा २ समूहबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ११ २०८३
  • 855
    SHARES

काठमाडौं । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा आइतबार मध्यरातमा दुई समूहबीच भएको हिंसात्मक झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्। प्रहरीका अनुसार साउने सोमबारको व्रतका अवसरमा हिन्दु धर्मावलम्बीहरूले आयोजना गर्ने बोलबम यात्रामा सहभागी एक समूहमाथि अर्को समूहले आक्रमण गरेपछि विवाद चर्किँदै हिंसात्मक झडपमा परिणत भएको थियो।

प्रारम्भिक जानकारीअनुसार सामान्य विवादबाट सुरु भएको तनाव केहीबेरमै उग्र बनेको थियो। झडपका क्रममा ढुंगामुढा हुनुका साथै केही स्थानीयका घर तथा पसलमा आगजनीसमेत गरिएको प्रहरीले जनाएको छ। घटनाले रातभर स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको थियो।

घटनाको सूचना प्राप्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउनुपरेको र सोही क्रममा गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीको भनाइ छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

झडपका क्रममा गोली लागेर तथा कुटपिट र ढुंगामुढाबाट करिब १७ जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विराट टिचिङ अस्पताल, नोबेल मेडिकल कलेज तथा न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनालाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी कर्मचारी समेत घाइते भएका छन्। उनीहरूको पनि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनापछि थप अप्रिय अवस्था सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज र हरिनगर गाउँपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। सुरक्षा व्यवस्था कडा पार्दै सुनसरी र मोरङबाट थप प्रहरी बल परिचालन गरिएको छ। संवेदनशील स्थानहरूमा सुरक्षा निगरानी बढाइएको र सर्वसाधारणलाई अफवाहमा विश्वास नगरी शान्ति कायम गर्न प्रशासनले आग्रह गरेको छ।

प्रहरीले घटनाको वास्तविक कारण, झडपको पृष्ठभूमि तथा आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइएको जनाएको छ। स्थानीय प्रशासनले सबै पक्षलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४