Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ८ २०८३
  • 1.4K
    SHARES

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताएका छन् ।

शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । कम्युनिष्ट शक्तिहरु सरकार गठन र सत्ता समिकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको उनको भनाइ छ ।

उनले विदेशी शक्तिहरुले मुलुक र जनतालाई भ्रममा पार्न लामो समयदेखि रणनीति बनाइरहेको कुरा समयमै थाहा नपाउँदा मुलुकको भूराजनीतिक संकटतर्फ उन्मुख भएको टिप्पणी पनि गरे । उनले चिनियाँ साम्राज्यवादी शक्तिहरूले अफिमको लतमार्फत चिनियाँ जनतालाई कमजोर बनाएर स्रोत–साधनमाथि कब्जा गरेको स्मरण गर्दै नेपालको पछिल्लो राजनीतिमा त्यही घटना दोहोरिएको तर्क गरे । उनले वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरुको कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएको टिप्पणी गरे ।

‘दिनदिनैका सानातिना सुधारका कामहरू सरकारको समीकरण बनाउने, त्यही आधारमा प्रधानमन्त्री र बनाउने तथा पालिका र प्रदेशमा निर्वाचित हुने कुरालाई रणनीति बनाउन पुग्यौँ । मैले संश्लेषसित रूपमा भन्नुपर्दा हामी कम्युनिस्टहरूको गल्ती भयो । हामीले विचारको स्कुलिङ निरन्तर युवापुस्तामा गर्नुपर्ने कुरालाई ध्यान दिएनौँ,’ उनले भने, ‘यो पटक हाम्रो त्यो गल्तीका कारण हामीले निरन्तर स्कुलिङ गर्न नसक्दा नयाँ पुस्ताले हाम्रो त्यो कमजोरी माथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएछन् मैले जनताको अपमान गर्न खोजेको होइन । कस्तो अफिम सोसियल मिडियाबाट अल्गोरिदम म्यानिपुलेसनको । अफिममै लठ्ठ पारिदिए सबैलाई अब हामीले पनि अफिम युद्ध चलाउनुपर्ने भएको छ । अर्को कुनै उपाय छैन ।’

सामाजिक सञ्जालमा ‘एल्गोरिदम म्यानिपुलेसन’ मार्फत नयाँ पुस्तालाई प्रभावित बनाउने कार्य भएको भन्दै त्यसको प्रतिवादका लागि कम्युनिस्ट शक्तिहरुले वैचारिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले वाम एकताको दिगोपनको सुनिश्चितता नगरिकन वाम एकता सम्भव नभएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४