Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिच्छविकालीन रातो मच्छिन्द्रनाथको रथ यात्रा आज


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २१ २०७७
  • 7K
    SHARES

लिच्छविकालीन रातो मच्छिन्द्रनाथको रथ यात्रा आज

जन न्युज नेपाल खवर प्रतिनिधि ललितपुर

 

ललितपुर / वर्षा र सहकालका देवताका रूपमा प्रख्यात लिच्छविकालीन रातो मच्छिन्द्रनाथको किम्वदन्ती अनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको आवेगमा आएर उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

 यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएको किम्वदन्ती रहेको छ ।

गत चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन । कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयदेखि रोकिएको मच्छिन्द्रनाथ रथयात्राको शुक्रबार क्षमा पूजा गरिएको छ । ४ महिना लामो लकडाउन र भदौ ३ गतेबाट जारी निषेधाज्ञाका कारण रथयात्रा हुन सकेको  थिएनन्  । विश्वव्यापी माहामारी रुपमा फैलिएको  कोरोना भाइरस संक्रमणको जोखिम दिनप्रति दिन बढ्न थाललेपछि कुनै पनि समुहि तथा धार्मिक कार्य नगर्न र  भिडभाड नगर्न सरकारले आग्रह गर्दै आएको छ ।

संक्रमणको जोखिम बढेसँगै सरोकारवाला  र  प्रशासनले रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निष्कर्षमा पुगेका भएता पनि स्थानीयले भने  विहिबार रथयात्रा हुनुपर्छ भनेर माग गद रथ यात्रा सुरु गदै स्थानीय युवाहरुले निषेधाज्ञा तोडेपछि प्रहरीसँग झडप भएका हो ।  उक्त झडपमा स्थानीयले नाराबाजी लगायत  प्रहरीमाथि ढुंगामुडा प्रहार पनि गरेपछि  झडपको रुप लिएका थिए  भने उक्त  झडपमा प्रहरी र पत्रकार सहित अन्य नागरिक समेत  घाइते भएपछि शुक्रबार ललितपुर महानगरपालिका क्षेत्रको रिङरोडभित्र कफ्र्यु आदेश समेत  जारी गरेको थिए ।

चाडवाडका नाममा यसरी गरेको झडपले गर्दा  सम्पुर्ण पक्षबाट अलोचना भएपछि मुलकमा फैलिएको महामारीलाई ध्यानमा राख्ँदै सरोकारवालाहरुले यसलाई व्यवस्थित ढंगले लैजाने भन्दै  बैठक  समेत भएको थिए  । उक्त बैठकले २१ गते  अर्थात् आजको दिन निकाले र  क्षमा पूजा, गदै आज सोह्रखुट्टे पाटि सम्मरथ तानेको छ  ।

धर्र्म संस्कुतिक नाममा बिहीवार भएको  घटनाले ललितपुरको रातो मच्छिन्द्रनाथको

आज  सयौँ वर्ष पुरानो साँस्कृतिक रथ यात्रा मात्र नभएर समग्र नेपालीको धर्म परम्परा र संस्कृति माथि नै प्रति प्रश्न त उठेको छ , नै  यसले हाम्रो परम्परालाई कति सम्म असर गर्छ र कहिले सम्म बचाई राख्छ भन्ने प्रश्नपनि उब्जाएको हुदा ,यस तर्फ सम्पुर्ण सरोकारवालको ध्यान जान आश्वयक छ । 

क्यामरामा निर्जन महतका साथमा जन आवाज रिपोटर नमुना दहाल कार्की काठमाडौँ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४