Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ५ २०८३
  • 608
    SHARES

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा गत असार महिनामा विभिन्न अपराधसँग सम्बन्धित १३५ मुद्दा दर्ता भएकोमा ७७ फछ्र्योट भएका छन् ।

अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न २३ शीर्षकमा भएका अपराध दर्ताका मुद्दामध्ये सबैभन्दा बढी अभद्र व्यहार सम्बन्धी रहेकोमा सो मुद्दा शतप्रतिशत फछ्र्योट भएको छ । त्यस्तै लागुऔषधसम्बन्धी २५ मुद्दा सबै फछ्र्योट भएका छन् ।

असार महिनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ विभिन्न ४३ उजुरी परेकोमा ३५ फछ्र्योट भएको सूचना अधिकारी प्रनाउ माधवप्रसाद काफ्लेले जानकारी दिए । यस अवधिमा घरेलु हिंसातर्फ ३६ उजुरी परेकोमा १९ मिलापत्र गराइएको भने तीन अदालत पठाइएको छ ।

असार महिनामा हराएका १७ महिलामध्ये १३ फेला परेका छन् भने छ पुरुष मध्ये तीन फेला परेका छन् । त्यस्तै १५ बालबालिका हराएकोमा १४ जना भेटिएका छन् । कार्यालयमा आएका १४६ ठाडो उजुरीमध्ये १४० फछ्र्योट भएको र जिल्ला प्रशासन कार्यालयबाट आएका १६ उजुरीमध्ये ११ फछ्र्योट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४