Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौँमा भोलि अति भारी वर्षाको सम्भावना, यात्रा गर्दा सावधानी अपनाउन अनुरोध


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २ २०८३
  • 1.1K
    SHARES

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुवानको जोखिम बढेको भन्दै काठमाडौँ उपत्यकाभित्र तथा उपत्यका बाहिर आवतजावत गर्ने यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिएपछि प्रशासनले यात्रा सचेतना जारी गरेको हो।

प्रशासनका अनुसार लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा पानीको बहाव बढ्न सक्ने, सडकहरू डुबानमा पर्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरो जाने जोखिम उच्च रहेकाले यात्रा गर्दा विशेष सावधानी आवश्यक छ। विशेषगरी काठमाडौँ उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक सकेसम्म रातिको यात्रा नगर्न आग्रह गरेको छ। रातिको समयमा भारी वर्षा, कमजोर दृश्यता, सडक अवरोध तथा आकस्मिक पहिरोका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले अनावश्यक यात्रा टार्न प्रशासनले सुझाव दिएको हो।

यदि यात्रा अत्यावश्यक भएमा जल तथा मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने मौसमसम्बन्धी ताजा सूचना नियमित रूपमा हेर्न, सडकको अवस्थाबारे सम्बन्धित स्थानीय प्रशासन, सुरक्षा निकाय वा सडक विभागबाट जानकारी लिएपछि मात्र यात्रा सुरु गर्न पनि प्रशासनले आग्रह गरेको छ।

यात्राका क्रममा नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा अनावश्यक रूपमा नरोकिन र जोखिमयुक्त बाटो प्रयोग गर्दा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ। साथै सवारीसाधनको प्राविधिक अवस्था जाँच गरी मात्र सडकमा निकाल्न, इन्धन, सञ्चारका साधन र आवश्यक आपत्कालीन सामग्री साथमा राख्न पनि सुझाव दिइएको छ।

प्रशासनले विपद्को समयमा अफवाहमा विश्वास नगर्न र आधिकारिक निकायबाट जारी हुने सूचना तथा निर्देशनको पालना गर्न सबैमा अपिल गरेको छ। सम्भावित विपद्का कारण कुनै पनि समयमा सडक अवरुद्ध हुन सक्ने भएकाले वैकल्पिक मार्गको जानकारी राख्न र सुरक्षा निकायको निर्देशनको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ।

मनसुनका कारण देशका विभिन्न जिल्लामा बाढी, पहिरो तथा डुबानका घटना बढिरहेका बेला काठमाडौँ उपत्यकासमेत उच्च जोखिममा रहेकाले प्रशासनले नागरिकलाई आवश्यक सतर्कता अपनाई सुरक्षित रहन विशेष अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४