Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अति भारी वर्षाको पूर्वानुमान- रात्रिकालीन सवारी सञ्चालन नगर्न सरकारको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २ २०८३
  • 931
    SHARES

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार र आइतबार मुलुकका विभिन्न भागमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले साउन २ गते शनिवार र ३ गते आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको छ ।

यसैगरी मधेस, बागमती र अन्य हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ । भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान र गेग्रान बहावको जोखिम उच्च हुने भएकाले प्राधिकरणले पूर्वतयारीका लागि विशेष निर्देशन जारी गरेको छ । उक्त अवधिमा अत्यन्त जरुरी कामबाहेक घरबाहिर ननिस्कन र रात्रिकालीन यात्रा नगर्न सर्वसाधारणलाई सूचित गरिएको छ ।

प्राधिकरणले जोखिमको गम्भीरतालाई ध्यान दिँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ वटा अति जोखिमयुक्त ९रातो रङ इंकित० जिल्लाहरूमा रातिको समयमा सवारी आवागमन सञ्चालनमा रोक लगाएको छ । यसरी रोक लगाइएका जिल्लाहरूमा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन् ।

परिस्थितिको संवेदनशीलता हेरी जुनसुकै समयमा पनि सवारी आवागमन बन्द गर्न सकिने प्राधिकरणले जनाएको छ । विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित स्थानीय तह र स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । सम्भावित सडक अवरोध हटाउन जोखिमयुक्त राजमार्गहरूमा डोजर, एक्साभेटर र लोडर जस्ता हेभी इक्युपमेन्टहरू तयारी अवस्थामा राख्न भनिएको छ ।

साथै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नदी किनारा तथा पहिरोको जोखिम भएका बस्तीमा बसोबास गर्नेहरूलाई थप सजग रहन आग्रह गरिएको छ । नागरिकहरूको सहजताका लागि प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपद् मद्दतका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरीका लागि १११४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्राधिकरणले मौसम सम्बन्धी अद्यावधिक जानकारी र चेतावनीका लागि सञ्चार माध्यम तथा आधिकारिक पोर्टलहरू नियमित रूपमा अवलोकन गर्न समेत ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४