Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘मास्टर्नी’को प्रचारात्मक गीत विवाद : प्रियंका कार्कीले मागिन् सार्वजनिक माफी, गीत स्थायी रूपमा हटाइयो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २ २०८३
  • 779
    SHARES

काठमाडौं । अभिनेत्री तथा चलचित्र निर्माता प्रियंका कार्कीले चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्। गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक–शिक्षिका पेसाको गरिमामा आँच पुगेको भन्दै चौतर्फी आलोचना भएपछि उनले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

कार्कीले जारी गरेको विज्ञप्तिमा गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत चलचित्रको आधिकारिक गीत नभई केवल प्रचार–प्रसारका लागि तयार पारिएको स्पष्ट पारेकी छन्। उनका अनुसार विवादित गीत चलचित्रको कथावस्तु वा कुनै पनि दृश्यमा समावेश गरिएको छैन।

उनले गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक–शिक्षिका तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको भावना आहत भएको विषयलाई आफूले अत्यन्त गम्भीर रूपमा लिएको उल्लेख गरेकी छन्। कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा कुनै पनि सम्मानित पेसा, समुदाय वा व्यक्तित्वको गरिमामा आँच पुर्‍याउने उद्देश्य नरहेको भए पनि प्रस्तुतीकरणका कारण अन्जानमै धेरैको भावना दुख्न पुगेको स्वीकार गर्दै उनले व्यक्तिगत रूपमा तथा चलचित्र निर्माण टिमका तर्फबाट हृदयदेखि नै क्षमा मागेकी छन्।

पहिलो पटक चलचित्र निर्माणको जिम्मेवारी सम्हालिरहेकी कार्कीले कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने मनसाय कहिल्यै नरहेको र भविष्यमा पनि त्यस्तो नहुने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले नेपाल शिक्षक महासंघ, सम्पूर्ण शिक्षक–शिक्षिका तथा विवादबाट आहत भएका सबै दर्शकप्रति सम्मान व्यक्त गर्दै आफूबाट भएको कमजोरीका लागि क्षमायाचना गरेकी छन्।

विवादपछि सम्बन्धित प्रचारात्मक गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलबाट स्थायी रूपमा हटाइएको जानकारी पनि कार्कीले दिएकी छन्। साथै, आफ्ना फेसबुक, इन्स्टाग्राम, टिकटक लगायत सबै सामाजिक सञ्जालबाट उक्त गीतसँग सम्बन्धित भिडियो तथा सामग्री हटाइसकिएको पनि उनले स्पष्ट पारेकी छन्।

उनले प्राप्त सुझाव, आलोचना र प्रतिक्रियालाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा सिर्जना, विषयवस्तुको छनोट र प्रस्तुतिमा अझ बढी संवेदनशील, जिम्मेवार तथा सचेत रहने प्रतिबद्धता व्यक्त गरेकी छन्। दर्शक र समाजको भावनाप्रति सम्मान गर्दै भविष्यमा यस्ता विषयमा थप सावधानी अपनाइने उनको भनाइ छ।

कार्कीले आफ्नो कलाकारिता यात्रामा दर्शकले दिएको निरन्तर माया, साथ, विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि रचनात्मक सुझाव, मार्गदर्शन र साथको अपेक्षा गरेको बताएकी छन्।

यता, विवादमा तानिएका गायक दुर्गेश थापाले पनि छुट्टै विज्ञप्ति जारी गर्दै शिक्षक समुदायको भावना आहत भएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले आफ्नो उद्देश्य कसैको सम्मानमा आँच पुर्‍याउने नभएको स्पष्ट पार्दै सम्बन्धित सबैसँग माफी मागेका छन्।

उक्त प्रचारात्मक गीत सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। विशेषगरी शिक्षक समुदाय र नेपाल शिक्षक महासंघले गीतमा प्रयोग गरिएका शब्द र दृश्यले शिक्षक पेसाको गरिमामा असर पुगेको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि चलचित्र निर्माण टिमले विवादित सामग्री हटाउने र सार्वजनिक रूपमा क्षमायाचना गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४