Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल उद्योग वाणिज्य महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुरकृष्ण वैद्यलाई


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ।

उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्राप्त भएपछि विभिन्न उद्योगी–व्यवसायी तथा व्यावसायिक संस्थाहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। यसैक्रममा काभ्रे उद्योग वाणिज्य संघले पनि सुरकृष्ण वैद्यलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्य र महासचिव रजित पलाञ्चोकेद्वारा जारी शुभकामना सन्देशमा सुरकृष्ण वैद्यको अनुभव, नेतृत्व क्षमता तथा निजी क्षेत्रप्रतिको समर्पणले महासंघलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।

सुरकृष्ण वैद्य काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकारसमेत हुनुहुन्छ। उहाँले लामो समयदेखि उद्योग, व्यापार तथा निजी क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

शुभकामना सन्देशमा कार्यवाहक अध्यक्षको रूपमा उहाँको कार्यकाल सफल, उपलब्धिमूलक तथा निजी क्षेत्रका समस्या समाधान, उद्योग–व्यापार प्रवर्द्धन, लगानी अभिवृद्धि र देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको निजी क्षेत्रको छाता संगठन हो। महासंघले उद्योग, व्यापार, लगानी, निर्यात, पर्यटन तथा उद्यमशीलताको विकासका लागि सरकारसँग सहकार्य गर्दै निजी क्षेत्रका साझा हितका विषयमा निरन्तर आवाज उठाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४