Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण, वर्षायामसँगै सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३२ २०८३
  • 589
    SHARES

चितवन । चितवन जिल्लामा पछिल्लो एक वर्षको अवधिमा २७४ जनामा डेङ्गु रोगको सङ्क्रमण पुष्टि भएको छ। वर्षायाम सुरु भएसँगै लामखुट्टेको प्रजनन बढ्ने भएकाले स्वास्थ्यकर्मीहरूले डेङ्गुको जोखिम अझ बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक वर्षको अवधिमा १० हजार ५२३ जनाको डेङ्गु परीक्षण गरिएकामा २७४ जनामा संक्रमण पुष्टि भएको हो।

पुष्टि भएका संक्रमितमध्ये २१६ जना चितवनका स्थानीय बासिन्दा रहेका छन् भने ५८ जना अन्य जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएको कार्यालयले जनाएको छ।

स्थानीय तहअनुसार हेर्दा रत्ननगर नगरपालिकामा सबैभन्दा बढी ८७ जना संक्रमित फेला परेका छन्। त्यसपछि भरतपुर महानगरपालिकामा ५६ जना, खैरहनी नगरपालिकामा ३५ जना, राप्ती नगरपालिकामा २१ जना, कालिका नगरपालिकामा ११ जना, माडी नगरपालिकामा तीन जना तथा इच्छाकामना गाउँपालिकामा पनि तीन जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष संक्रमणको संख्या उल्लेखनीय रूपमा घटेको छ। गत आर्थिक वर्षमा १७ हजार ३५३ जनाको परीक्षण गर्दा तीन हजार ८८९ जनामा डेङ्गु संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्युसमेत भएको थियो।

स्वास्थ्य विज्ञहरूका अनुसार वर्षा र घाम पालैपालो लाग्ने मौसममा एडिस जातको पोथी लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले भदौ र असोज महिनामा डेङ्गुको जोखिम सबैभन्दा बढी हुने गर्छ। यो लामखुट्टेले विशेषगरी बिहान र बेलुकाको समयमा मानिसलाई टोक्ने गर्दछ।

राम केसीका अनुसार एडिस लामखुट्टेले प्लास्टिकका भाँडा, टिनका डब्बा, ड्रम, पुराना टायर, गमला, कुलर, खुला पानी ट्याङ्की तथा सफा पानी जम्ने अन्य भाँडाहरूमा फुल पार्ने भएकाले यस्ता स्थानमा पानी जम्न नदिनु नै डेङ्गु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो।

डेङ्गु संक्रमण भएपछि उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीर, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने तथा रक्तस्राव हुने जस्ता लक्षण देखिन सक्छन्। गम्भीर अवस्थामा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने तथा अत्यधिक रक्तस्राव हुन सक्ने भएकाले यस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्न चिकित्सकहरूले आग्रह गरेका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालयले डेङ्गुबाट बच्न घर तथा कार्यालय वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट जोगिने, झ्याल–ढोकामा जाली प्रयोग गर्ने, पूर्ण बाहुला भएका कपडा लगाउने तथा आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गर्न सुझाव दिएको छ।

स्वास्थ्य कार्यालयले विशेषगरी वर्षायाममा समुदायस्तरमै सरसफाइ अभियान सञ्चालन गरी खाली बट्टा, प्लास्टिकका भाँडा, ड्रम, पुराना टायर तथा अन्य पानी जम्ने वस्तु हटाउन सबैलाई आग्रह गरेको छ। जनचेतना, सरसफाइ र समयमै उपचारमार्फत डेङ्गुको जोखिमलाई उल्लेखनीय रूपमा घटाउन सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४