Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जरिवाना गरेबापत अतिरिक्त सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था छैनः नेपाल प्रहरी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ३० २०८३
  • 437
    SHARES

काठमाडौं । नेपाल प्रहरीले नागरिकले सवारी नियम उल्लङ्घन गरेमा ट्राफिक प्रहरीले जरिवाना काट्दा विशेष भत्ता वा सुविधा प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा ट्राफिक प्रहरीले सङ्कलन गर्ने सम्पूर्ण जरिवानाबापतको रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने स्पष्ट पारिएको छ ।

सत्य, तथ्य र आधिकारिक जानकारीबिनाका समाचारले सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने जनाउँदै उनले जरिवानाबापत ट्राफिक प्रहरी कर्मचारीले कुनै अतिरिक्त शुल्क वा सुविधा नपाउने प्रष्ट पारे ।

विज्ञप्तिमा भनिएको छ, ‘ट्राफिक प्रहरीले जरिवाना काटेबापत कुनै पनि अतिरिक्त शुल्क (सुविधा) प्राप्त गर्ने कानुनी व्यवस्था छैन ।’ प्रहरीले समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न सबै पनि सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४