Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इलाममा मेची राजमार्ग अवरुद्ध, पाँचथर–ताप्लेजुङसँगको सडक सम्पर्क विच्छेद


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २९ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भासिएपछि प्रशासनले सोमबार बिहानदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ, जसका कारण इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको झापासँगको मुख्य सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलाम नगरपालिका–९ स्थित गोलाखर्क–राजदुवाली सडकखण्डमा वर्षाका कारण सडकको ठूलो भाग भासिएपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको हो। विगत चार दिनदेखि उक्त सडकमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्। आइतबारसम्म मोटरसाइकललाई सावधानीपूर्वक सञ्चालन गर्न अनुमति दिइएको भए पनि आइतबार रातिको थप वर्षापछि सडक थप भासिएकाले सोमबार बिहानदेखि मोटरसाइकलसहित सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा रोकिएको प्रशासनले जनाएको छ।

सडक अवरुद्ध भएसँगै इलाम सदरमुकाम हुँदै पाँचथर र ताप्लेजुङ जाने तथा त्यहाँबाट झापा आउने–जाने सम्पूर्ण सवारी आवागमन प्रभावित भएको छ। विशेषगरी दैनिक उपभोग्य सामग्री, खाद्यान्न, निर्माण सामग्री तथा अन्य आवश्यक वस्तु बोकेका सयौँ मालवाहक ट्रक र यात्रुवाहक सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन्। यसले तीन जिल्लाको आपूर्ति व्यवस्था र यात्रुलाई ठूलो समस्या उत्पन्न गरेको छ।

सडक पूर्ण रूपमा बन्द भएपछि अत्यावश्यक कामका लागि यात्रा गरिरहेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली क्षेत्र पैदल पार गरेर अर्को सवारी साधन चढ्न बाध्य भएका छन्। वृद्धवृद्धा, बालबालिका, बिरामी तथा अन्य यात्रुहरूलाई विशेष सास्ती भएको स्थानीयले बताएका छन्।

यसैबीच, सडक डिभिजन कार्यालय इलामले जोगमाई र पुवा खोलामा बेलीब्रिज जडान गरी वैकल्पिक आवागमन सहज बनाउने तयारी लामो समयदेखि भए पनि आवश्यक सामग्री अभावका कारण काम अघि बढ्न नसकेको जनाएको छ। कार्यालयका अनुसार बेलीब्रिज जडानका लागि आवश्यक सिभिल संरचना करिब डेढ महिनाअघि नै निर्माण सम्पन्न भइसकेको छ। तर भारत सरकारले नेपाललाई निःशुल्क उपलब्ध गराउने बेलीब्रिजका सामग्री हालसम्म आइपुग्न नसक्दा पुल जडान कार्य सुरु हुन सकेको छैन।

स्थानीयवासीले वर्षायाम सुरु हुनुअघि नै पुल निर्माण सम्पन्न हुनुपर्नेमा आवश्यक सामग्री समयमा नआउँदा अहिले समस्या झन् जटिल बनेको बताएका छन्। उनीहरूले सम्बन्धित निकायलाई वैकल्पिक मार्ग व्यवस्थापन तथा बेलीब्रिज निर्माण कार्य शीघ्र सम्पन्न गर्न माग गरेका छन्।

प्रशासनले सडक मर्मत तथा पहिरो हटाउने कार्य जारी रहेको जनाएको भए पनि लगातारको वर्षाका कारण काममा कठिनाइ भइरहेको छ। मौसम अनुकूल भएमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न, वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४