Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साउन लागेसँगै पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु, लाखौँ भक्तजनलाई सहज सेवा दिने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २७ २०८३
  • 893
    SHARES

काठमाडौं । साउन महिनामा भगवान् पशुपतिनाथको पूजा–आराधना तथा दर्शनका लागि आउने लाखौँ भक्तजनलाई स्वच्छ, सुरक्षित र व्यवस्थित वातावरण उपलब्ध गराउने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ।

पशुपति क्षेत्र विकास कोषले शनिबारदेखि अभियान सञ्चालन गरेको हो। कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार साउन महिनाभर विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ, जसले भक्तजनलाई सहज रूपमा पूजा–दर्शन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

हिन्दु धर्मावलम्बीका लागि साउन महिना तथा विशेषगरी सोमबार भगवान् शिवको आराधनाको अत्यन्त महत्वपूर्ण समय मानिन्छ। यस अवधिमा देशभरबाट एकैदिन लाखौँ भक्तजन पशुपतिनाथ मन्दिर पुग्ने भएकाले मन्दिर परिसरलाई सफा, व्यवस्थित र सुरक्षित राख्न विशेष तयारी गरिएको कोषले जनाएको छ।

अभियानको पहिलो दिन पशुपतिनाथको मूल मन्दिर परिसरदेखि सूर्यघाटसम्म व्यापक सरसफाइ गरिएको थियो। सफाइ अभियानमा विभिन्न सामाजिक संघ–संस्था, स्वयंसेवक तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

कोषाध्यक्ष श्रेष्ठका अनुसार आइतबार मूल मन्दिर बन्द भएपछि मन्दिर परिसरमा सूक्ष्म सरसफाइ गरिनेछ। यस कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायको समेत सहभागिता रहने व्यवस्था गरिएको छ।

पहिलो दिनको अभियानमा दर्जनभन्दा बढी संघ–संस्थाले सहभागिता जनाएका थिए। आगामी दिनमा पनि सरसफाइ अभियानलाई निरन्तरता दिइने र साउन महिनाभर आवश्यकताअनुसार विशेष अभियान सञ्चालन गरिने कोषले जनाएको छ।

कोषका अनुसार नियमित सरसफाइलाई संस्थागत गर्दै प्रत्येक शनिबार विशेष सफाइ अभियान सञ्चालन गरिनेछ। साउन महिनामा भने भक्तजनको चापलाई मध्यनजर गर्दै आइतबारसहित आवश्यक अन्य दिनमा पनि अतिरिक्त सरसफाइ गरिने योजना बनाइएको छ।

पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीलाई मन्दिर परिसर सफा राख्न, फोहोर जथाभावी नफाल्न तथा स्वयंसेवक र सुरक्षाकर्मीले दिएको निर्देशन पालना गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४