काठमाडौं । कलाकार मिलन नाथ र मेनुका सोनीको अभिनय रहेको नयाँ मौलिक देउडा गीत ‘बोली राम्रो सुस्त’ सार्वजनिक भएको छ। सुदूरपश्चिमको मौलिक देउडा संस्कृति, गाउँघरको जीवनशैली तथा प्रेम र आत्मीयताको भावलाई समेटेर तयार पारिएको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।
गीतमा गायक सुनिल नेपाली र गायिका मेनुका सोनीको सुमधुर स्वर रहेको छ। गीतको लय स्वयं सुनिल नेपालीले तयार गरेका हुन् भने शब्द **हिक्मत शाही ‘क्षितिज’**ले लेखेका छन्।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन्। रेकर्डिङ द म्युजिक एरा (The Music Era) स्टुडियोमा गरिएको निर्माण टोलीले जनाएको छ।
गीतको भिडियोमा कलाकार मिलन नाथ र मेनुका सोनीको आकर्षक अभिनय देख्न सकिन्छ। मौलिक देउडा शैलीमा निर्माण गरिएको भिडियोले सुदूरपश्चिमको संस्कृति, रहनसहन, भेषभूषा र ग्रामीण परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।
पछिल्लो समय नेपाली लोक तथा देउडा गीतप्रति दर्शक–श्रोताको आकर्षण निरन्तर बढिरहेका बेला ‘बोली राम्रो सुस्त’ ले पनि मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।
निर्माण टोलीका अनुसार गीतले देउडा संगीतको मौलिक स्वादलाई आधुनिक प्रस्तुतीकरणसँग जोड्ने प्रयास गरेको छ। सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल र युट्युबमा दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतको भिडियो युट्युबमार्फत हेर्न सकिन्छ।