Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २६ २०८३
  • 1K
    SHARES

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीसम्बन्धी विधेयकमा ‘परिवारको परिभाषा’ समेटिएको व्यवस्था परिवारका सदस्य वा नातेदारलाई दुःख दिने उद्देश्यले नभई सहकारी क्षेत्रका समस्या समाधानलाई प्रभावकारी बनाउन ल्याइएको बताउनुभएको भएको का ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा सहकारी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

सहकारी अपचलनमा संलग्न भएका सहकारी सञ्चालकका सदस्यमाथि अनुसन्धानबिना कुनैपनि प्रकारको अनावश्यक पीडा दिने मनसाय नभएको उहाँको भनाइ छ । उहाँले सहकारीसम्बन्धी मुद्दा समाधान गर्ने क्रममा परिवारको स्पष्ट कानूनी परिभाषा नहुँदा व्यवहारिक कठिनाइ भोग्नुपरेको अनुभवका आधारमा उक्त व्यवस्था प्रस्ताव गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारीसम्बन्धी विधेयकमा परिवारको परिभाषा राखिएको विषय परिवारका अन्य सदस्य र नातेदारलाई दुःख दिने मनशायले राखिएको होइन ।

हामीले काम गर्दै जाँदा भोगेको समस्या र यो प्रावधानले नहुँदा सहकारी समस्या समाधान गाह्रो भएको कारण यो व्यवस्था ल्याइएको हो ।त्यसकारण मान्य सदस्यहरुलाई यो व्यवस्था सहर्ष स्वीकार गरिदिनको लागि अनुरोध गर्न चाहान्छु ।’ राष्ट्रिय सभाबाट प्राप्त संशोधन प्रश्ताव समेत सभाले स्वीकृत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४