Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रान्स मोरक्कोलाई पराजित गर्दै विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २६ २०८३
  • 513
    SHARES

काठमाडौं। फ्रान्सले मोरक्कोलाई २–० गोलले पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको बोस्टन रङ्गशालामा शुक्रबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो। मोरक्कोले बल नियन्त्रण र रक्षात्मक प्रदर्शनमा राम्रो खेल देखाउँदै फ्रान्सलाई लामो समयसम्म गोल गर्नबाट रोकेको थियो। दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो।

पहिलो हाफको २८औँ मिनेटमा मोरक्कोका नौसइर मजौरीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। तर फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेको प्रहारलाई मोरक्कोका गोलरक्षक यासिर बुनौले उत्कृष्ट बचाउ गर्दै टोलीलाई सुरुआती झट्काबाट जोगाएका थिए।

दोस्रो हाफमा भने फ्रान्सले खेलमा पूर्ण नियन्त्रण जमायो। खेलको ६०औँ मिनेटमा किलियन एम्बाप्पेले आकर्षक गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए। यो गोलसँगै विश्वकपमा एम्बाप्पेको व्यक्तिगत गोल संख्या २० पुगेको छ।

फ्रान्सले अग्रता लिएको पाँच मिनेटपछि नै अर्को गोल थप्दै जित सुनिश्चित गर्‍यो। खेलको ६५औँ मिनेटमा उस्मान डेम्बेलेले शानदार गोल गर्दै फ्रान्सको अग्रता २–० पुर्‍याए। त्यसपछि मोरक्कोले खेलमा फर्किने प्रयास गरे पनि फ्रान्सको बलियो रक्षापंक्तिलाई भेद्न सकेन।

निर्धारित समयसम्म थप गोल हुन नसकेपछि फ्रान्स २–० को सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो। जितसँगै फ्रान्सले उपाधितर्फको आफ्नो अभियानलाई मजबुत बनाएको छ भने मोरक्कोको ऐतिहासिक यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ।

अब फ्रान्सले फिफा विश्वकपको सेमिफाइनलमा स्पेन र बेल्जियमबीच हुने क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। विश्व फुटबलका दुई शक्तिशाली टोलीमध्ये एकसँग हुने सम्भावित भिडन्तले सेमिफाइनललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४