Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आँप प्रतिकेजी १५० देखि १७० रुपैयाँ, अन्य फलफूल तथा तरकारीको मूल्य कति ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २५ २०८३
  • 798
    SHARES

काठमाडौं । आँपको मुख्य सिजन चलिरहेका बेला बजारमा यसको मूल्य भने अझै उच्च रहेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मालदह आँप प्रतिकेजी १५० देखि १६० रुपैयाँ तथा दसहरी आँप प्रतिकेजी १६० देखि १७० रुपैयाँसम्म खरिद–बिक्री भइरहेको छ। माग उच्च र आपूर्ति अपेक्षाकृत कम भएकाले आँपको मूल्य महँगो कायम रहेको व्यवसायीहरूको भनाइ छ।

समितिले सार्वजनिक गरेको आजको मूल्यसूचीअनुसार विभिन्न फलफूल तथा तरकारीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। गोलभेडा, आलु, प्याज, काउली, बन्दा, करेला, लौका, भिण्डी, काक्रोलगायत दैनिक उपभोगका अधिकांश तरकारी मध्यम मूल्यमा कारोबार भइरहेका छन् भने च्याउ, कुरीलो, सेलरी, पार्सले, सखरखण्ड तथा केही विशेष कृषि उपज तुलनात्मक रूपमा महँगा रहेका छन्।

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकेजी २८०–३०० रुपैयाँ, अनार ४५०–५०० रुपैयाँ, जुनार २७०–३०० रुपैयाँ, नासपाती २५०–२७० रुपैयाँ, लिच्ची २५०–३५० रुपैयाँ, तरबुजा ६०–७० रुपैयाँ तथा नेपाली मेवा ८०–९० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाली केरा प्रतिदर्जन २००–२५० रुपैयाँ तथा मालभोग केरा १८०–२०० रुपैयाँमा बिक्री भइरहेको छ।

तरकारीतर्फ ठूलो नेपाली गोलभेडा प्रतिकेजी ३५–५० रुपैयाँ, सानो लोकल गोलभेडा १३–१७ रुपैयाँ, रातो लाम्चो आलु ४०–४२ रुपैयाँ, भारतीय रातो आलु २८–३० रुपैयाँ, भारतीय सुकेको प्याज ५२–५५ रुपैयाँ तथा स्थानीय काउली ३०–४० रुपैयाँमा कारोबार भएको छ। स्थानीय गाजर ९०–१०० रुपैयाँ तथा तराई गाजर ८०–९० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ।

हरियो तरकारीमध्ये घिउ सिमी ३०–५५ रुपैयाँ, टाटे सिमी ३०–६० रुपैयाँ, भटमासकोसा ८०–१०० रुपैयाँ, करेला २५–३५ रुपैयाँ, लौका २५–३५ रुपैयाँ, घिरौला २०–३५ रुपैयाँ, भिण्डी २०–३५ रुपैयाँ, स्कुस ४०–५० रुपैयाँ तथा रायो साग ३०–४० रुपैयाँ प्रतिकेजीमा कारोबार भएको समितिले जनाएको छ।

मसला तथा अन्य कृषि उपजतर्फ अदुवा १५०–२०० रुपैयाँ, हरियो धनियाँ ६०–८० रुपैयाँ, हरियो लसुन ८०–१२० रुपैयाँ, नेपाली सुकेको लसुन १८०–२०० रुपैयाँ तथा चिनियाँ सुकेको लसुन २००–२२० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। हरियो अकबरे खुर्सानी भने प्रतिकेजी १५०–२५० रुपैयाँसम्म पुगेको छ।

च्याउतर्फ कन्य च्याउ २४०–२८० रुपैयाँ, राजा च्याउ २८०–३०० रुपैयाँ, डल्ले च्याउ ४००–४५० रुपैयाँ तथा सिताके च्याउ ८००–१,००० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ।

माछातर्फ ताजा रहु माछा प्रतिकेजी ३२०–३४० रुपैयाँ, बचुवा माछा २८०–३०० रुपैयाँ, छडी माछा १८०–३०० रुपैयाँ तथा सुकेको माछा ८००–१,००० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गर्ने दैनिक मूल्यसूची थोक बजारमा आधारित भएकाले खुद्रा बजारमा स्थान, ढुवानी खर्च तथा व्यापारीको मार्जिनअनुसार मूल्य केही फरक पर्न सक्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४