Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कृषिउपजको अधिकतम थोक मूल्य ताेकियाे-(सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार २५ २०८३
  • 494
    SHARES

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल, तरकारी तथा अन्य कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक बजार मूल्य अद्यावधिक गर्दै उपभोक्ता तथा व्यवसायीलाई सहज जानकारी उपलब्ध गराउने उद्देश्यले मूल्यसूची प्रकाशित गरेको हो।

समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा १७ रुपैयाँ तथा टनेल गोलभेँडा ३० रुपैयाँ कायम गरिएको छ। त्यसैगरी रातो आलु (लाम्चो) ४२ रुपैयाँ, रातो आलु (गोलो) ४० रुपैयाँ, रातो आलु (मुढे) ४० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ तथा भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

हरियो तरकारीतर्फ लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, हाइब्रिड सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ तथा डल्लो भन्टा ३५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

सिमीजन्य तरकारीमध्ये मकै बोडी ५० रुपैयाँ, घिउ सिमी (राजमा) ८० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ३५ रुपैयाँ, लौका ३५ रुपैयाँ, परवर ४० रुपैयाँ, घिरौला ३५ रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ तथा भिण्डी ३५ रुपैयाँ प्रतिकिलोसम्म तोकिएको छ।

सागपाततर्फ रायोको साग ४० रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, मेथीको साग १६० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ तथा हरियो धनियाँ ८० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

च्याउतर्फ कन्ये च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलोसम्म मूल्य निर्धारण गरिएको छ।

फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १६० रुपैयाँ, दसहरी आँप १७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, चाइनिज नासपाती २७० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, स्थानीय लिची ३०० रुपैयाँ तथा भारतीय लिची ३५० रुपैयाँ प्रतिकिलोसम्म कायम गरिएको छ।

मसलाजन्य वस्तुतर्फ अदुवा २०० रुपैयाँ, हरियो अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको चिनियाँ लसुन २२० रुपैयाँ, नेपाली सुकेको लसुन २०० रुपैयाँ तथा सुकेको खुर्सानी अधिकतम ५०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

त्यसैगरी ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ तथा छडी माछा ३०० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरी अधिकतम थोक मूल्य तोकिएको समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको मूल्य थोक कारोबारका लागि निर्धारण गरिएको अधिकतम मूल्य भएकाले खुद्रा बजारमा ढुवानी, भण्डारण तथा व्यापारीको नाफाका कारण केही फरक पर्न सक्ने जनाएको छ। दैनिक रूपमा कृषिउपजको आपूर्ति, उत्पादन र मागअनुसार मूल्यमा उतारचढाव हुने भएकाले उपभोक्ताले खरिदअघि स्थानीय बजारको मूल्यसमेत बुझ्न समितिले सुझाव दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४