Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तेहरानमा इरानका दिवङ्गत सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा जनसागर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २४ २०८३
  • 817
    SHARES

एजेन्सी । इरानका दिवङ्गत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन राजधानी तेहरानका सडकहरूमा विशाल जनसागर ओर्लिएको छ ।

गत फेब्रुअरीको अन्त्यमा अमेरिकी र इजरायली आक्रमणमा मारिएका खामेनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न देशैभरबाट ठूलो संख्यामा नागरिकहरू भेला भएका हुन् ।

मध्य तेहरानस्थित इमाम खोमेनी मोसल्ला प्रार्थना गृहमा दुई दिनसम्म चलेको बिदाइ समारोहपछि अन्त्येष्टि जुलुस निकालिएको थियो ।

उक्त समारोहमा इरानी राष्ट्रपति मसूद पेजेस्कियान, न्यायपालिका प्रमुख गुलामहोसेन मोहसेनी–एजेई, विशेषज्ञ परिषदका अध्यक्ष अहमद जन्नाती, र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहम्मद बकिर जोल्कादर लगायतका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यसैबीच, अमेरिकी–इजरायली आक्रमणमा मारिएको भनिएका पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद पनि समारोहमा उपस्थित देखिएका छन् । जुलुस पूर्वी तेहरानको दमावन्द सडकदेखि पश्चिमको आजादी चोक र लश्गरी राजमार्गसम्म करिव १० किलोमिटर लामो रुटमा चलेको थियो ।

शोकमा डुबेका सहभागीहरूले दिवङ्गत नेताको तस्बिर, इरानी झण्डा र प्रतिशोधको प्रतीक मानिने रातो ब्यानरहरू बोकेका थिए । उनीहरूले अमेरिका र इजरायलविरुद्ध नाराबाजी गर्दै आफ्ना नेताको हत्याको बदला लिने र उनले देखाएको मार्गमा अविचलित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसअघि शुक्रवार तेहरानमा आयोजित एक समारोहमा इरानी तथा विदेशी उच्च अधिकारीहरूले दिवङ्गत नेताप्रति सम्मान व्यक्त गरेका थिए । लामो समय अर्थात् करिब ३७ वर्ष इरानको सर्वोच्च नेताका रूपमा कार्यभार सम्हालेका खामेनीलाई आगामी बिहीवार उत्तर–पूर्वी सहर मशहदमा समाधिस्थ गरिनेछ ।

खामेनीको मृत्युपश्चात् गत मार्चमा उनका छोरा मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४