Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको सभापति लामिछानेकाे दावी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २० २०८३
  • 874
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ। प्रदेश खारेजीको विषयमा विभिन्न टिप्पणी भइरहेका बेला उहाँले रास्वपाको धारणा प्रस्ट्याउँदै संघीय संरचनालाई अझ प्रभावकारी बनाउने विषयमा मात्र बहस गर्न खोजिएको बताउनुभयो।

शुक्रबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले पार्टीको प्रथम महाधिवेशनमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कतै पनि प्रदेश संरचना खारेज गर्ने प्रस्ताव नराखिएको जिकिर गर्नुभयो।

उहाँले रास्वपाले प्रदेश खारेजीको एजेन्डा अघि नसारेको दाबी गर्दै प्रदेश संरचनालाई समयअनुकूल सुधार र परिमार्जन गर्दै थप प्रभावकारी बनाउने विषयमा मात्रै छलफलको प्रस्ताव गरिएको बताउनुभयो। प्रदेश सरकार र संरचनाले अपेक्षाअनुसार सेवा दिन नसकेको भन्ने विषयमा सार्वजनिक बहस भइरहेकाले त्यसबारे गम्भीर छलफल आवश्यक रहेको उहाँको भनाइ थियो।

सभापति लामिछानेले संघीयताको कार्यान्वयनका क्रममा देखिएका चुनौती र कमजोरीलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि ‘रेट्रोफिट’ अर्थात् आवश्यक सुधार र पुनर्संरचनाको अवधारणामा छलफल गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले संघीय लोकतान्त्रिक व्यवस्थाप्रति रास्वपाको पूर्ण प्रतिबद्धता रहेको दोहोर्याउँदै प्रदेश संरचनालाई नागरिकमैत्री, खर्चिलोपन कम हुने र सेवा प्रवाह प्रभावकारी हुने गरी सुधार गर्नुपर्नेमा जोड दिनुभयो।

लामिछानेले प्रदेश संरचनाको प्रभावकारिता, अधिकारको बाँडफाँट, सेवा प्रवाह र जनअपेक्षाअनुसारको कामबारे सबै राजनीतिक दलबीच खुला बहस हुनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो। उहाँका अनुसार रास्वपाले उठाएको विषय प्रदेश खारेज गर्ने नभई विद्यमान संरचनालाई थप सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यले गरिएको हो।

पछिल्लो समय प्रदेश संरचना खारेज गर्ने वा सुधार गर्ने विषयमा विभिन्न राजनीतिक दल र सार्वजनिक वृत्तमा बहस भइरहेका बेला रास्वपाले भने आफ्नो धारणा संघीयता विरोधी नभई संघीय संरचनालाई अझ प्रभावकारी बनाउने दिशामा केन्द्रित रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४