Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्रोतमै वर्गीकरण गरी फोहर व्यवस्थापन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १९ २०८३
  • 817
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईले बञ्चरेडाँडा फोहर व्यवस्थापनको आयु बढाउन स्रोतमै फोहरको वर्गीकरण र व्यवस्थापन थालनी गरेको बताए । महानगरपालिकाले वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन अघि बढाएको छ ।

प्रमुख राईका अनुसार, स्रोतमै फोहर व्यवस्थापनपछि हाल कामपाबाट दैनिक १५ ट्रक मात्रै फोहर बञ्चरेडाँडामा लगिँदै गरिएको छ । यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक २० ट्रकसम्म फोहर पठाइने गरिएको थियो ।

महानगरपालिकाभित्र सात क्षेत्रबाट दैनिक रुपमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन सुरु भएपछि करिब तीन दशमलव १९ मेट्रिक टन फोहर घटेको उनले बताए । प्रमुख राईले भने, “सहरभित्रको फोहरको स्रोत वर्गीकरण गरी ढुवानीमा सहज तुल्याउन र अन्तिम व्यवस्थापनमा मात्रा घटाउनकै लागि वर्गीकरण गरिएको हो ।”

घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न पनि महानगरपालिकाले सात क्षेत्र वर्गीकरण गरी वैज्ञानिक विधि अपनाइने जनाएको छ । फोहरमैला सङ्कलन र ढुवानीसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइ वर्गीकरणबाट फोहरको मात्रा घटाउने, पुनःप्रयोग गर्ने र विसर्जन गर्न क्षेत्रगत आधारमा व्यवस्थापन गर्ने कार्य अघि बढाइएको हो ।

सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरी वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला सङ्कलन र ढुवानी गर्ने कार्यविधि जारी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४