Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दैलेखमा कर्णाली नदीमा खस्यो मिनीबस


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १८ २०८३
  • 456
    SHARES

काठमाडौं । दैलेखमा मिनीबस (फोर्स गाडी) कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।

प्रहरीका अनुसार गाडी सडकबाट ४०० मिटर तल खसेको छ । घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए । अन्य यात्रुको अवस्था अज्ञात छ । गाडीको कति जना सवार थिए भन्ने पनि खुलेको छैन ।

अहिले उद्धार सामाग्रीसहित ३५ जना प्रहरी टोली खटिएको सूचना अधिकारी पचभैयाले जानकारी दिए । बिहान साढे ११ बजे बस खसेको सूचना आएपछि प्रहरी टोली उद्धारका लागि खटिएको उनले बताए ।

घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तर्फ पर्छ भने जिप्रकाबाट ५० किलोमिटर पश्चिम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४