Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनसुनजन्य सम्भावित सडक अवरोध हटाउनका लागि विभागको पूर्वतयारी पूरा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १८ २०८३
  • 646
    SHARES

काठमाडाैं । सडक विभागले मनसुनका समयमा हुनसक्ने सम्भावित सडक अवरोध र प्राकृतिक विपत्तिलाई मध्यनजर गर्दै देशभर उच्च शतर्कताका साथ पूर्वतयारी पूरा भएको जनाएको छ।

विभागले यस वर्ष पनि आफ्नो स्थापित कार्यविधिअनुसार राजमार्गहरूमा हुने अवरोध तत्काल हटाउन र यातायात व्यवस्था सुचारु राख्न विशेष योजना अघि सारेको हो । सडक विभागका महानिर्देशक डा. विजय जैसीकाअनुसार विभागले हेर्ने कूल १५ हजार किलोमिटर सडक सञ्जालमध्ये करिब १० हजार किलोमिटर ‘अल वेदर’ सडकमा विशेष प्राथमिकताका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । विभागले तय गरेको नीतिअनुसार मुख्य राजमार्गहरूमा पहिरोका कारण सडक अवरुद्ध भए दिउँसोको समयमा आधा घण्टाभित्र प्राविधिक टोली पुग्ने र सामान्य अवस्थामा दुई घण्टाभित्र बाटो खुलाउने लक्ष्य राखिएको हाे ।

प्रविधिको प्रयोग र उपकरण परिचालन विगतका वर्षहरूमा म्यानुअल तरिकाले सूचना सङ्कलन गर्ने गरिए पनि यस वर्षदेखि विभागले आधुनिक प्रविधिको प्रयोगलाई तीब्रता दिएको छ । महानिर्देशक जैसीले ‘सेतु’ नामक सफ्टवेयरमार्फत देशभर रहेका २ सय ७७ वटा हेभी इक्विपमेण्ट र तिनका अपरेटरहरूको ‘लाइभ लोकेसन’ ट्रयाक गर्ने व्यवस्था मिलाइएको बताउनुभयाे । विभागको यान्त्रिक महाशाखा र सिभिल डिभिजन कार्यालयहरूबीच समन्वय गरी उपकरणहरूलाई जोखिमयुक्त क्षेत्रको नजिकै तयारी अवस्थामा राखिएको छ ।

पहिरो नियन्त्रण र जोखिम न्यूनिकरण:

नेपालको भौगोलिक बनावट र कमजोर भू–बनावटका कारण जुनसुकै स्थानमा पहिरोको जोखिम रहने तथ्यलाई आत्मसात गर्दै विभागले सम्भावित जोखिमयुक्त स्थानहरूको पहिचान गरेको छ । बजेट र क्षमताको अभावका कारण पहिचान भएका सबै स्थानमा स्थायी रोकथाम गर्न नसकिए पनि नागढुङ्गा–मुग्लिङ, नारायणगढ–मुग्लिङ र कान्ति लोकपथका मुख्य पहिरोहरूलाई बायो–इन्जिनियरिङ, रक एङ्करिङ र सर्टक्रिटिङ जस्ता प्रविधिमार्फत स्थिर (स्ट्याबलाइज) गरिसकिएको विभागले जनाएको हाे ।
विशेष गरी झ्याप्ले खोला, महेश खोला र कृष्णभिर जस्ता पुराना र जटिल पहिरोहरूलाई नियन्त्रणमा लिइएको छ । नारायणगढ–मुग्लिङ खण्डको तुइन खोला र कान्ति लोकपथका केही स्थानमा काम जारी रहेको विभागले जनाएकाे हाे ।

यात्रुहरूलाई सुरक्षित यात्राको अपिल:

महानिर्देशक जैसीले मनसुनको समयमा यात्रा गर्दा मौसम पूर्वानुमान विभागको बुलेटिन र सडकको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।अत्यावश्यक काम नपरी जोखिमपूर्ण मौसममा यात्रा नगर्न र सुरक्षा निकाय तथा सडक विभागका कर्मचारीहरूको निर्देशन पालनाका लागि आग्रह गर्ने बताउनुभएकाे छ ।

सडकमा कुनै पनि विपत्ति आइपरेमा विभागको हटलाइन, सुरक्षा निकाय वा नजिकैको प्रहरी चौकीमा तत्काल खबर गर्न समेत विभागले सूचित गरेको जनाएकाे हाे । निर्माणाधीन सडकहरूको हकमा निर्माण व्यवसायीलाई नै जिम्मेवार बनाइएको र अन्य सडकमा विभागले २४ सै घण्टा सेवा दिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४