Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोषण लेखाजोखा : तीन सय ४७ बालबालिका कुपोषित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ११ २०८३
  • 1.2K
    SHARES

काठमाडाैं । वैशाख महिनामा गरिएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमका बेला टीकापुरमा बालबालिकामा कुपोषणको जोखिम धेरै देखिएपछि पालिकाले पोषण सुधारका लागि छलफल थालेको छ ।

टीकापुरमा वैशाखमा गरिएको पोषण लेखाजोखा तथ्याङ्कअनुसार पाँच वर्षमुनिका ७५ बालबालिका शीघ्र कुपोषणको जोखिममा छन् भने २७२ जना मध्यम कुपोषित भेटिएका छन् ।

पालिकाले कुपोषित बालबालिका धेरै देखिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएर फेरि ‘स्क्रिनिङ’ थालिएको जनाएको छ ।

“टीकापुर नगरपालिकाले बालबालिकाको पोषण अवस्था सुधारका लागि प्राथमिकता दिएको छ । अभियानका क्रममा १ हजार ८ सय ६४ बच्चाको पोषण परीक्षण गरिएको थियो”, स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल भन्छन्, “कुपोषित बालबालिकाको पोषण सुधारमा थप प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण सुधारबारे थप तालिम दिन थालेका छौँ ।”

पालिकाले वडा वडामा स्वास्थ्य संस्था स्थापना गरी गर्भावस्थादेखि नै पोषण सुधारका लागि विभिन्न प्रयास गर्दै आएको र कुपोषित बालबालिकालाई पाँच वटा संस्थाबाट उपचारात्मक खाना खुवाउने गरेको रावलको भनाइ छ ।

स्वयंसेविकासँगको छलफलमा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान, मूल्याङ्कन र आवश्यक उपचारमा विशेष ध्यान दिने योजना सहित छलफल गरिएको छ ।

अझै समुदायस्तरमा पोषण सुधारका लागि स्वयंसेविकामार्फत सचेतना फैलाउनुपर्ने, बाल भिटाको प्रयोग बढाउनुपर्ने रावल बताउँछन् ।

“स्वयमसेविकाले समुदायमा गर्भावस्थादेखि नै पोषणसम्बन्धी ज्ञान, व्यवहार परिवर्तन र सेवामा पहुँच बढाउन सघाउनुका साथै कुपोषण न्यूनिकरण तथा स्वास्थ्य सुधारमा सघाइरहको छन्”, उनी भन्छन्, “आमा र बच्चाको पोषण सुधारका लागि स्वयम सेविका, स्वास्थ्यकर्मी, सरकार मात्र होइन परिवार नै जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।”

टीकापुर नगरपालिका–५ का महिला स्वास्थ्य स्वयंसेविका चन्द्रादेवी चौधरी पोषण सुधारका लागि हजार दिनका आमालाई प्राथमिकता दिएर परामर्श दिने र स्वास्थ्य सेवा लिन सघाउने गरेको बताउँछन् ।

“हामीले महिला गर्भवती भएको थाह पाएदेखि खानपान, रहनसहन, नियमति जाँचबारे जानकारी दिन्छौैँ”, चन्द्रादेवी भन्छन्, “हामीले रातदिन काम गर्दा पनि परिवार जिम्मेवार नबन्दा पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था सोचेजस्तो हुन सकेको देखिँदैन ।”

वडा नं २ सीतापुरका स्वयंसेविका सरस्वती चौधरी घरघरमा गई पोषणसम्बन्धी सचेतना फैलाउने, गर्भावस्थाको स्याहार, जाँचलगायतका कुराबारे सचेत गराउने गरिएको बताउँछन् ।

“घरमै गएर गर्भवती र परिवारका सदस्यलाई पोषणबारे जानकारी दिन्छौँ”, उनी भन्छन्, “घर वरिपरि भएका पोषिला खानेकुरा खान सल्लाह दिन्छौँ ।” स्वयंसेविकाले भिटामिन ए, जुकाको औषधि तथा अन्य पोषण कार्यक्रम सञ्चालनमा सघाउने गरेका छन् ।

यसका साथै स्वास्थ्यकर बानीबारे समेत जानकारी दिने, पोषणयुक्त खानपानबारे जानकारी दिने गरेका वडा नं ३ का स्वयम सेविका चन्द्रा चौधरी बताउँछन् ।

“हामीलाई समुदायका मानिसका आर्थिक अवस्था, पारिवारिक अवस्था सबै थाह हुन्छ”, उनी भन्छन्, “पोषण सुधारका लागि परिवार मुख्य जिम्मेवार बन्नुपर्छ ।”

टीकापुर ४ का स्वमंसेविका दुर्गा पराजुली गर्भावस्थादेखि बच्चा दुई वर्षको हुञ्जेलसम्म आमा र बच्चाको स्याहार, पोषण सुधारबारे जानकारी दिने गरिएको बताउँछन् ।

“स्थानीय रुपमा पाइने पोषिलो खानेकुरा प्रयोग गर्न प्रेरित गर्ने गरेका छौँ”, उनी भन्छन्, “बच्चालाई स्तनपान र पूरक आहारा, खोप लगायतबारे जानकारी दिने गरिएको छ ।”

पालिकाले पोषण सुधारमा परिवारलाई जिम्मेवार बनाउन सुत्केरीलाई पोषण सामग्री दिने गरेको छ । टीकापुर –४ ले ५० जना सुत्केरीलाई पोषण सामग्री वितरण गरेको छ ।

पचास जना सुत्केरीलाई आधा किलो घ्यू र एक क्यारेट कुखुराको अण्डा वितरण गरिएको टीकापुर ४ का वडाध्यक्ष लालविर चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४