Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारीसाधन आयात


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १० २०८३
  • 931
    SHARES

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

भन्सार विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म विभिन्न क्षमताका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्।

यस अवधिमा ५० किलोवाट क्षमताका ३ हजार ६८० वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। ती सवारीसाधनको कुल मूल्य करिब ५ अर्ब ६५ करोड रुपैयाँ रहेको विभागले जनाएको छ।

त्यस्तै, ५१ किलोवाटदेखि १०० किलोवाट क्षमतासम्मका ६ हजार ३५७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। यी सवारीसाधनको मूल्य १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबर रहेको छ।

नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ। वातावरणमैत्री यातायात प्रवर्द्धन र इन्धन आयात घटाउने उद्देश्यले विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४