Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ८ २०८३
  • 931
    SHARES

एजेन्सी । भारतले साेमबारदेखि ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक आयोजना गर्दैछ।

भारतको विदेश मन्त्रालय (एमईए) ले बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्ने जनाएकाे हाे । बैठकमा ब्रिक्स सदस्य राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा प्रतिनिधिमण्डल प्रमुखहरूले विश्वले सामना गरिरहेका परम्परागत तथा उदीयमान सुरक्षा चुनौतीकाे बारेमा व्यापक छलफल गर्ने कार्यक्रम छ। विशेषगरी द्रुत रूपमा परिवर्तन भइरहेका सुरक्षा जोखिम र तीसँग सम्बन्धित नयाँ प्रविधिको भूमिकाकाे बारेमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएकाे हाे।

बैठकमा आतंकवादविरुद्धको सहकार्य तथा सूचना एवं सञ्चार प्रविधिको सुरक्षित प्रयोग सम्बन्धी हालै सम्पन्न ब्रिक्स संयुक्त कार्य समूहका निष्कर्षहरूको समेत समीक्षा गरिने भएकाे छ। भारतले यसअघि सन् २०१२, २०१६ र २०२१ मा ब्रिक्सको अध्यक्षता गरिसकेको छ। सन् २०२६ मा भारतले चौथो पटक ब्रिक्सको अध्यक्षता गरिरहेको छ। यस वर्षको भारतीय अध्यक्षता ‘समावेशिता, नवप्रवर्तन, सहयोग र दिगोपनका लागि निर्माण’ भन्ने मूल विषयवस्तुमा केन्द्रित रहेको मन्त्रालयले जनाएको हाे।

ब्रिक्स सहकार्यले आतंकवादविरुद्धको अभियान, जलवायु परिवर्तन, खाद्य तथा ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय व्यवस्था, दूरसञ्चार, कृषि, श्रम तथा रोजगारी, व्यापार र विश्व व्यापार संगठन लगायतका विविध क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४