Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ८ २०८३
  • 893
    SHARES

काठमाडौं । चितवनमा ट्रक र स्कुटर एक–आपसमा ठोक्किँदा दुई युवाको ज्यान गएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्दै आएका १९ वर्षीय राजिव गुरुङ रहेका छन्।

प्रहरीका अनुसार दुर्घटना भरतपुर महानगरपालिका क्षेत्रमा रहेको अतिथि पार्टी प्यालेसनजिक भएको हो। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रक र सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर एक–आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा सोमबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनापछि ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ निवासी २७ वर्षीय बाबुलाल थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस दुर्घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ। पछिल्लो समय चितवनका विभिन्न सडकखण्डमा सवारी दुर्घटनाका घटनाहरू बढ्दै गएकाले सडक सुरक्षा तथा ट्राफिक नियमको पालनामा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४