Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको प्रथम महाधिवेशनमा आज बन्दसत्र, नयाँ नेतृत्व चयन प्रक्रिया सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ८ २०८३
  • 893
    SHARES

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज (सोमबार) देखि बन्दसत्र सुरु हुँदैछ। आइतबार चितवनको गेष्टहाउस चौरमा भव्य उद्घाटन कार्यक्रम सम्पन्न गरेको पार्टीले आज उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सञ्चालन गर्न लागेको हो।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको नामावली सम्बन्धी उजुरी, नाम जुधेका तथा छुटेका विवरणहरू सच्याउने काम अन्तिम चरणमा पुगेको र आज अन्तिम मतदाता नामावली सार्वजनिक गरिने तयारी गरिएको पार्टीले जनाएको छ। बन्दसत्रमा पार्टीको राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा भावी कार्यदिशासम्बन्धी विभिन्न दस्तावेजमाथि छलफल र पारित गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, रास्वपाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार सोमबार दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयन पत्र वितरण गरिनेछ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारहरूको प्रारम्भिक नामावली साँझ ६ बजे प्रकाशित गरिने आयोगले जनाएको छ।

उम्मेदवारविरुद्ध दाबी तथा विरोध दर्ताका लागि साँझ ६ बजेदेखि ७ बजेसम्मको समय छुट्याइएको छ। प्राप्त उजुरीहरूको छानबिन गरी राति ९ बजेसम्म निर्णय गरिनेछ भने उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारलाई राति ९:१५ बजेसम्मको समय दिइएको छ। अन्तिम उम्मेदवारको नामावली त्यसपछि सार्वजनिक गरिने कार्यक्रम छ।

निर्वाचन कार्यतालिका अनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यहरूको निर्वाचनका लागि पहिलो चरणको मतदान मंगलबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र मतगणना सुरु गरी परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ।

महाधिवेशनका लागि उम्मेदवारी शुल्क पनि निर्धारण गरिएको छ। सभापति पदका लागि ५१ हजार रुपैयाँ, अन्य पदाधिकारी पदका लागि ४१ हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ।

सभापति पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिले एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य रूपमा जुटाउनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने निर्वाचन आयोगले जनाएको छ।

रास्वपाले यसपटक निर्वाचनलाई आधुनिक र व्यवस्थित बनाउन विद्युतीय मतदान प्रणाली (इलेक्ट्रोनिक भोटिङ) प्रयोग गर्ने तयारी गरेको छ। पार्टीका अनुसार यस प्रणालीले मतदान प्रक्रिया छिटो, पारदर्शी र विश्वसनीय बनाउने विश्वास लिइएको छ।

देशभरबाट आएका प्रतिनिधिहरूको उल्लेख्य सहभागिताबीच जारी महाधिवेशनले रास्वपाको भावी नेतृत्व, नीति तथा संगठनात्मक दिशा तय गर्ने भएकाले यसलाई पार्टीको इतिहासमा महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा हेरिएको छ। नयाँ नेतृत्व चयनसँगै आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाबारे समेत महाधिवेशनले स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४