Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्रलाई सामाजिक जागरण र राष्ट्रिय पहिचानको माध्यम बनाउनुपर्नेमा राष्ट्रपति पौडेलकाे जाेड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ५ २०८३
  • 722
    SHARES

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नागरिकमा जागरण, सामाजिक रूपान्तरण र राष्ट्रप्रेमको भावना जागृत गराउने प्रभावकारी संयन्त्र भएको बताउनुभएको छ ।

काठमाडाैंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न चलचित्र क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक सौन्दर्य एवं सामाजिक जीवनलाई विश्व मञ्चमा चिनाउन चलचित्रले सेतुको काम गर्ने बताउनुभएकाे छ। चलचित्र उद्योगलाई नयाँ उचाईमा पुर्‍याउन सरकारले आवश्यक सुविधा र सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले नेपाली चलचित्रले देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याइरहेको उल्लेख गर्दै यस क्षेत्रलाई थप सुदृढ बनाउन सरोकारवालाहरूको ध्यान जानुपर्ने बताउनुभएकाे छ । कलाकार र प्राविधिकहरूले यसै क्षेत्रमा आफ्नो भविष्य सुरक्षित र आत्मसम्मानित महशुस गर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँले बताउनुभयाे ।

राष्ट्रपति पौडेलले गाउँठाउँ र कुनाकाप्चाका कथालाई सुक्ष्म ढङ्गले पर्दामा उतार्न सके नेपाली चलचित्रले अन्तर्राष्ट्रिय महोत्सव र विश्व बजारमा विशिष्ट पहिचान बनाउन सक्ने विश्वास व्यक्त गर्नुभएकाे छ । यसका लागि चलचित्रकर्मीहरूलाई अध्ययन, अनुसन्धान र सिर्जनात्मक पक्षमा केन्द्रित रहन उहाँले सुझाव दिनुभयो ।

राष्ट्रपति पौडेलले चलचित्रको पर्दामा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेशी, अपाङ्गता भएका व्यक्ति र विभिन्न भूगोलका समुदायको प्रतिनिधित्व सम्मानजनक र यथार्थपरक हुनुपर्नेमा जोड दिनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४