Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खेलकुदको बजेट अनियमितता गर्नेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ४ २०८३
  • 1.1K
    SHARES

काठमाडौँ । खेलकुदको बजेट अनियमिततामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्लास्थित विभिन्न खेलकुदसंग सम्बद्ध संस्थाहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको बजेट अनियमिततामा संलग्न खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई ‘महेश’ र कार्यालय प्रमुख लिलाभक्त केसीलाई कानुनी कारबाहीको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

राई र केसीको मिलेमतोमा कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको ८ लाख मध्ये ६ लाख ७६ हजार दिक्तेलस्थित कृषि विकास बैंकमा रहेको खाताबाट निकालेको भन्दै उक्त रकम तत्काल फिर्ता गर्नुका साथै रकम अपचलनमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

२०८१ माघ १९ गते ३८ हजार, चैत ११ गते एक लाख २५ हजार, चैत ३१ गते ४ लाख २० हजार, २०८२ बैशाख २३ गते १० हजार, २०८२ साउन ११ गते ४३ हजार र २०८२ माघ ११ गते ४० हजार गरी ६ लाख ७६ हजार निवर्तमान अध्यक्ष राईको नाममा निकासा भएको उल्लेख गर्दै यसमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै ज्ञापनत्र बुझाएका हुन् ।

कोशी प्रदेश खेलकुद विकास बोर्डबाट २०८२ जेठ १४, साउन २० र कात्तिक १७ गते रकम जम्मा गर्न गरेको पत्राचारलाई बेवास्ता गर्दै कालो सूचीमा राख्न बाध्य पारी खेलक्षेत्रलाई शुन्य स्थितिमा पु¥याएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

ज्ञापनपत्रमा जिल्ला खेलकुद विकास समितिको अध्यक्षजस्तो गरिमामय पदमा बसेर खेल क्षेत्रको विकास तथा खेलाडीहरूको हक हितका लागि काम गर्नु पर्नेमा उल्टै खेलकुद प्रतियोगिताका लागि प्राप्त बजेट अपचलन गरी जिल्लाको खेल गतिविधि शुन्य बनाउने र २ वर्षसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगरी खेलाडीहरूको खेल खेल्ने अवसरबाट बन्चित गरी खेलाडीहरूको मनोबल गिराउने तथा सिंगो खेल क्षेत्र पछाडि धकेलेको भन्दै आपत्ति जनाएका छन् ।

प्रदेश खेलकुद विकास बोर्डले पठाएको ८ लाख मध्ये ६ लाख ५६ हजार अध्यक्ष राईले पेश्की वापत लिएको र २० हजार मसलन्दमा खर्च भएको कार्यालय प्रमुख लीलाभक्त केसीले बताए । अन्य एक लाख ४४ हजार भने २०८१ असारमा बुइपामा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा खर्च भएको केसीले बताए । अध्यक्ष राईले गलत मनसायले निकासा नगरेको उल्लेख गर्दै पेश्की वापत लिएको रकम ३ दिनभित्रै जम्मा गर्ने गत जेठ ३० गते बताएका थिए । तर अहिलेसम्म पनि फिर्ता नगरेकाले ज्ञापनत्र बुझाउनु परेको नेपाल सितोरियो कराते संघ खोटाका अध्यक्ष मिलन कसजूले बताए । प्रमुख जिल्ला अधिकारी कँडेलले यसबारेमा छलफल गर्ने बताएकी छन् ।

‘यसबारेमा के भाको हो, एक चोटी छलफल गरौंन’–कँडेलले भनिन् । उक्त ज्ञापनपत्रमा नेपाल कराते महासंघ खोटाङका अध्यक्ष सुमन राई, जिल्ला खेलकुद कबड्डी संघ खोटाङका अध्यक्ष चन्द्रकुमार श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघ खोटाङका अध्यक्ष पर्शुराम थापा आशिष, नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष मिलन कसजू, जिल्ला एथ्लेटिक्स संघ खोटाङका उपाध्यक्ष धनिराम राई, नेपाल तेक्वान्दो संघ खोटाङका सचिव मोहन राई, नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राई, कराते अन्तर्राष्ट्रिय प्रशिक्षक मोतिचन्द्र राई, भलिबल अन्तर्राष्ट्रिय प्रशिक्षक जितेन्द्र राई, भलिबल प्रशिक्षक तथा निर्णायक मिलन राई, जिल्ला बुद्धिचाल संघ खोटाङका उपाध्यक्ष कृष्ण गुरुङ र फुटबल खेलाडी तथा निर्णायक शैलेन्द्र बजिमयले हस्ताक्षर गरेका छन् ।

ज्ञापनपत्रको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौं, युवा तथा खेलकुद मन्त्रालय सिंहदरबार, कोशी प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगर, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वर, प्रदेश खेलकुद विकास बोर्ड विराटनगर लगायत विभिन्न निकायमा पठाइएको समेत राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४