Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने सरकारको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ४ २०८३
  • 836
    SHARES

काठमाडाैं । सरकारले देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका नीति, योजना र गतिविधिसँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो प्रणालीको प्रारम्भिक संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीको स्वकीय उपसचिव प्रकृति ढकालले बताउनुभएकाे हाे । साेही प्लेटफर्म सरकारका नीतिमाथि छलफल गर्ने मात्र नभई समसामयिक विषय, सरकारी योजना र अभ्यासमा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम हुने उहाँकाे भनाइ छ ।

यस प्रणालीमार्फत नागरिकले मोबाइल वा कम्प्युटरबाटै देशका समस्या उठाउन, सरकारसँग दुईतर्फी छलफल गर्न तथा व्यवहारिक समाधानका सुझाव सिधै पेश गर्न सक्ने व्यवस्था हुने भएकाे हाे । साथै, सरकारलाई प्रतिभाशाली स्वयंसेवक तथा विज्ञ नागरिक पहिचान गर्न पनि यो प्लेटफर्म उपयोगी हुने विश्वास गरिएको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले ‘नागरिक चौतारी’ सुशासन सुदृढ गर्ने महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयाे । जसले सरकारी नीति तथा अभ्यासलाई अझ नागरिकमैत्री र परिणाममुखी बनाउने उहाँकाे भनाइ छ । सरकारले यस प्लेटफर्मलाई डिजिटल माध्यमसँगै देशभर नागरिकसँग प्रत्यक्ष ‘इन–पर्सन’ कार्यक्रममार्फत पनि जोड्ने तयारी गरेको जनाएको हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४