Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ३ २०८३
  • 1K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका तथा अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीडा भोग्न बाध्य भएका नेपाली महिलाहरूको अवस्था चिन्ताजनक रहेको बताइन् । उनले कुवेतमा समस्यामा परेकी नेपाली चेली शर्मिला दर्जीलाई लामो प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै त्यहाँ रहेका अन्य नेपाली महिलाहरूको अवस्था पनि अत्यन्तै दयनीय रहेको उल्लेख गरिन् ।

ओलीले आफूले यो विषय संसदमा तीन पटकसम्म उठाएको र नेपाली दूतावाससँग निरन्तर समन्वय गरेपछि मात्रै शर्मिला दर्जीलाई स्वदेश फर्काउन सम्भव भएको बताइन् ।

‘नेपाल फर्कने क्रममा बोर्डिङ पास लिइसकेपछि पनि त्यहाँका तस्कर र सम्बन्धित निकायले उनलाई रोकेर जेल पठाएका थिए । मैले फेरि दूतावासमा सम्पर्क गरी कडा रूपमा कुरा उठाएपछि मात्र उनलाई रिहा गरियो र हिजो उनी स्वदेश आइपुगिन्,’ उनले भनिन् ।

उद्धार गरिएकी महिलाको भनाइ उद्धृत गर्दै ओलीले कुवेतका जेलहरूमा अझै सयौं नेपाली महिलाहरू रहेको र तीमध्ये कतिपयले मानसिक सन्तुलनसमेत गुमाइसकेको जानकारी दिइन् ।

उनले अवैध माध्यमबाट कुवेत पुगेका करिब ६५ हजार नेपाली महिलाहरू जोखिमपूर्ण अवस्थामा रहेको दाबी गर्दै उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउने वातावरण तत्काल निर्माण गर्न सरकारसँग माग गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४