Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

औषधि विभागद्वारा एकै पटक ५ हजार ३ सय बढी फार्मेसीको दर्ता खारेज (सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ३ २०८३
  • 1.1K
    SHARES

काठमाडाैं । औषधि व्यवस्था विभागले एकै पटक ५ हजार भन्दा बढी औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ ।

विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका ५ हजार ३ सय २ फार्मेसीको सञ्चालन प्रमाणपत्र रद्द गरेको हो । विभागले तोकिएको कानूनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वतः रद्द हुने प्रावधानअनुसार यो निर्णय कार्यान्वयन गरिएको जनाएकाे छ ।

याेसँगै अब ती औषधि पसलहरू कानूनी रूपमा औषधि बिक्री–वितरण गर्न अयोग्य भएका हुन् । देशभर २६ हजार ३ सय फार्मेसी रहेका छन् । दर्ता खारेजपछि यो संख्या २० हजार ९ सय ९८ मा झरेको छ । २६ हजार ३ सय फार्मेसी रहेका छन् । दर्ता खारेजपछि यो संख्या २० हजार ९ सय ९८ मा झरेको हाे ।

विभागले जारी गरेकाे सूचनामा सम्बन्धित सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न समेत अनुराेध गरेकाे छ । विभागले भविष्यमा औषधि बिक्री वितरण गर्दा कानूनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको हाे ।

गत जेठ २८ जेठ सम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको विस्तृत सूची समेत विभागले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४