Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाको बहानामा सभ्यता ध्वंस नगर्न चेतावनी !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १९ २०७७
  • 8.9K
    SHARES

कोरोनाको बहानामा सभ्यता ध्वंस नगर्न चेतावनी !

–

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

–

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले सरकारलाई नेपाल र नेपालीका मौलिक परम्परा, सभ्यता र संस्कारलाई कोरोना भाइरसको बहानामा ध्वंस नगर्न सचेत गराएको छ । तरुण विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर सरकारलाई नेपाल र नेपालीका मौलिक परम्परा, सभ्यता र संस्कारलाई कोरोना भाइरसको बाहानामा ध्वंस नगर्न सचेत गराएको हो ।

सरकारले नेपालको मौलिक परम्परा, धर्म र संस्कृतिमाथि गर्दै आएको नियोजित प्रहार असह्य अवस्थामा पुगिसकेको भन्दै विभागले सरकारका गतिविधि प्रति जहिले सुकै जनताको धैर्यताको बाँध फुट्न सक्ने तथ्यप्रति पनि सचेत गराएको छ ।

“वर्तमान सरकारले नेपालको मौलिक परम्परा, धर्म र संस्कृति माथि गर्दै आएको नियोजित प्रहार असह्रय अवस्थामा पुगिसकेको छ । यसले कम्युनिष्ट चरित्रको वास्तविकता उजागर गरेको छ,” विभाग प्रमुख शंकर भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रा अमूल्य परम्परा, संस्कृति र सनातन धर्मकाप्रति संवेदनहिन भएर प्रस्तुतहुदै आएको यो सरकारका त्यस्ता गतिविधि प्रति जहिले सुकै जनताको धैर्यको बाध फुटन सक्ने तथ्यप्रति सचेत गराउन चाहन्छु ।”

सरकारले संस्कृति तथा सम्पदाको संरक्षणमा जुटेका जनताको संवेदनशीलतालाई पूर्णतः बेवास्ता गरेर दुईतिहाइको दम्भ प्रस्तुत गर्न खोज्दा बिहीबार ललितपुरमा अप्रिय घटना भएको तरुण विभागको ठहर छ ।

“श्रद्धालु भक्तजन र कर्तव्य पालनाको सिलसिलामा खटिएका निर्दोष प्रहरी घाइते हुनु दुःखद कुरा हो । उक्त घटनामा घाइते हुनेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित उपचारको प्रबन्ध गर्न सरकारसँग अनुरोध गर्दछु,” विभाग प्रमुख भण्डारीले भनेका छन्, “रथयात्राको परम्परा एवं सस्कृति नेपाल र नेपालीको सभ्यता, पहिचान र इतिहासको प्रतिविम्ब पनि हो । अहिलेको स्वास्थ्य समस्याबाट सुरक्षित पनि रहने र मौलिक परम्परा पनि जोगिने गरी रथयात्रालाई निरन्तरता दिन माग गर्दछु ।”    

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४