Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्ड असार १५ भित्र सञ्चालन गर्ने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३१ २०८३
  • 418
    SHARES

काठमाडौं । गत असोजमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको बिपी राजमार्ग अन्तर्गत भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट सवारी सञ्चालन गर्ने तयारी गरिएको छ। सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सन बारम्बार बग्ने समस्या दोहोरिन नदिन मुख्य निर्माणाधीन संरचनाबाटै यातायात सञ्चालन गर्ने योजना अघि सारेको हो।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सामान्य वर्षा हुँदा पनि डाइभर्सन बगेर सडक अवरुद्ध हुने अवस्था रहेकाले वर्षा सुरु हुनुअघि नै सुरक्षित विकल्पमार्फत यातायात सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ।

उनका अनुसार जेठ मसान्तसम्म मुख्य संरचनाहरू सम्पन्न गर्ने र असार १५ भित्र सडकको माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ। उनले भने, “वर्षायाममा खोलाबाट डाइभर्सन दिनेभन्दा स्थायी संरचनाबाट नै यातायात सुचारु गर्नु हाम्रो प्राथमिकता हो।”

निर्माण व्यवसायीका प्रतिनिधि उत्तम ढुंगेलले रातदिन काम गरेर तोकिएको समयभित्र सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार बक्सिगुना खण्डको २३० मिटरमध्ये अब करिब ७० मिटर मात्र बाँकी रहेको छ र केही दिनमै सवारी चलाउन मिल्ने अवस्थामा पुर्‍याइनेछ।

२०८१ असोज १२ र १३ गतेको बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको करिब २९ किलोमिटर सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। उक्त खण्डलाई पुनर्निर्माणका लागि तीन भागमा विभाजन गरी ठेक्का लगाइएको छ।

पहिलो खण्ड भकुण्डेबेँसीदेखि चारसयबेँसी (११.८ किमि) मा नवकान्तिपुर लामा जेभीले काम गरिरहेको छ, जसको भौतिक प्रगति ३० प्रतिशतभन्दा बढी पुगेको छ। दोस्रो खण्ड चारसयबेँसीदेखि डालाबेँसी (८.५ किमि) मा कमलजीत एवान जेभी कार्यरत छ।

तेस्रो खण्ड डालाबेँसीदेखि वर्खेखोलासम्म जापानी सहयोग नियोग (जाइका) को सहकार्यमा निर्माण भइरहेको छ भने वर्खेखोलादेखि नेपालथोकसम्मको ४ किलोमिटर खण्डमा नेपाली निर्माण कम्पनीले काम गरिरहेको छ।

पुनर्निर्माणसँगै यो सडक खण्डलाई ‘इन्टरमिडिएट लेन’ बाट स्तरोन्नति गर्दै पूर्ण दुई लेनको मानक सडकमा रूपान्तरण गरिने भएको छ। सडक डिभिजनका अनुसार अब सडकको चौडाइ न्यूनतम ९ मिटर हुनेछ, जसमा ७ मिटर मुख्य दुई लेन र दुवैतर्फ १–१ मिटर पक्की सोल्डर रहनेछन्।

डिभिजन प्रमुख योगेशका अनुसार सुरुवाती डिजाइनमा सानो सवारी चाप अनुमान गरिएको भए पनि हालको आवश्यकता र बढ्दो यातायात चापलाई मध्यनजर गर्दै सडक विस्तार र स्तरोन्नति गरिएको हो।

समयमै काम सम्पन्न भए बाढीका कारण अवरुद्ध भएको यो महत्वपूर्ण राजमार्ग खण्ड वर्षायाममै आंशिक रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४