Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता आगामी असार १ गतेदेखि हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २९ २०८३
  • 1.1K
    SHARES

काठमाडाैं । नेपाल बास्केटबल संघको आयोजनामा १०औं राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता आगामी असार १ गतेदेखि हुने भएको छ ।

काठमाडाैंकाे कीर्तिपुर कभर्डहलमा हुने प्रतियोगितमा मोसफलका ३ सहित ८ टोलीको सहभागिता रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएकाे हाे । मोफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएसन, कास्की, सुनसरी बास्केटबल एशाेसिएशन र लुम्बिनी प्रदेश रहेका छन् ।

बाँकी काठमाडाैं उपत्यकाका आईएसए नेपाल, लेट्स गो बास्केटबल एकेडेमी, ट्रेनिङ ग्राउन्ड, बूढानीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स रहेका हुन् । मोफसलका टोलीलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइने प्रतियोगिता संयोजक विकास शाहीले जानकारी दिएका छन्। उपाधि विजेताले ५० हजार तथा उपविजेता टोलीले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने भएका हुन् । मोफसलका एक उदीयमान खेलाडीले ५ हजार रुपैयाँ पाउने भएका छन् ।

यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनोट गरी साबा महिला च्याम्पियनशिमा सहभागी गराइने संघले जनाएको हाे । साबा २०२६ को सेप्टेम्बरर अक्टोबरमा नेपाल वा भारतमा हुने सम्भावना रहेको संघका अध्यक्ष भीमसिंह गुरुङ जानकारी दिएका छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान हाे ।

लिग कम नकआउट ढाँचामा हुने प्रतियोगिताको फाइलल खेल असार ६ गते हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४