Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढीका कारण अवरूद्ध दिक्तेल-चखेवा भञ्ज्याङ सडक सञ्चालनमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २४ २०८३
  • 627
    SHARES

काठमाडौं । खोटाङ जिल्लामा भीषण बाढीका कारण अवरुद्ध बनेको दिक्तेल–चखेवा भञ्ज्याङ सडक पुनः सञ्चालनमा आएको छ। केही दिनअघि आएको बाढीले सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित बनेको थियो।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा आएको लेदोसहितको भीषण बाढीले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने दिक्तेल–चखेवा भञ्ज्याङ सडक अवरुद्ध बनाएको थियो। जेठ २२ गते परेको वर्षापछि आएको बाढीले करिब २५ मिटर सडकमा क्षति पुर्‍याएपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो।

अवरुद्ध सडकलाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ तथा स्थानीयवासीहरूको संयुक्त प्रयासमा पुनः सञ्चालनमा ल्याइएको हो। सम्बन्धित निकायले सडकमा थुप्रिएको लेदो, ढुंगा तथा माटो हटाएर सवारी आवागमन सहज बनाएका छन्।

सडक सञ्चालनमा आएसँगै भोजपुरबाट दिक्तेल हुँदै काठमाडौं आउने तथा काठमाडौंबाट दिक्तेल हुँदै भोजपुर जाने बस, जिप, मोटरसाइकललगायत सवारीसाधन पुनः सञ्चालनमा आएका छन्। यसले केही दिनदेखि प्रभावित यात्रु तथा स्थानीयवासीलाई राहत मिलेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पङ्खुखोलाभन्दा माथिल्लो क्षेत्रबाट आएको लेदोसहितको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएको थियो। समयमै सडक खुलाइएकाले मध्यपहाडी लोकमार्गमा आवागमन पुनः सामान्य बन्दै गएको छ।

यसैबीच, पङ्खुखोलामा स्थायी समाधानका रूपमा मोटरेबल पक्की पुल निर्माणको काम वर्षौंदेखि अधुरो रहेको विषय पुनः चर्चामा आएको छ। २०७३ सालमै पुल निर्माण सुरु गरिएको भए पनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन। पुलको कालोपत्रे तथा अन्य संरचनात्मक काम सम्पन्न भइसके पनि निर्माण कम्पनी र ठेकेदारको ढिलासुस्तीका कारण पुल सञ्चालनमा आउन नसकेको स्थानीयवासीको गुनासो छ।

पुल निर्माण नहुँदा वर्षायाममा खोलाबाटै सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता रहेको छ। यही कारण सामान्य वर्षा वा बाढी आउँदा यातायात सेवा पटक–पटक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको स्थानीयले बताएका छन्।

स्थानीयवासीले पुल निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार पुल निर्माण सम्पन्न भएमा मध्यपहाडी लोकमार्गको यस खण्डमा वर्षेनी दोहोरिने यातायात अवरोधको समस्या स्थायी रूपमा समाधान हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४