Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २३ २०८३
  • 513
    SHARES

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ ।

बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइकल चालकले चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्दै आएका जनगुनासो बढेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियान चलाएको हो ।

पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरले बताए ।

उनका अनुसार जथाभावी रूपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिललगायत पुर्जालाई परिवर्तन गरेको पाइएपछि कारबाही गरिएको हो ।

स्वरूप परिवर्तन गरी चलाइएका सवारीसाधनबाट निस्कने चर्को आवाजले वृद्धवृद्धा, बालबालिका र संवेदनशील क्षेत्रमा प्रत्यक्ष असर पर्ने तथा ध्वनि प्रदूषणसमेत हुने भएकाले त्यस्ता सवारीसाधनलाई कारबाही गरिएको प्रमुख वरिष्ठ नायब निरीक्षक कुँवरले बताए ।

कारबाहीमा परेका मोटरसाइकलमा फेरिएका पार्टपुर्जा निकाली मापदण्डअनुरूप राख्न लगाइएको उनको भनाइ छ ।

कुँवरले भने, ‘बजार क्षेत्रमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा ध्वनी प्रदूषण हुने गरेको छ । प्रायजसो रातिको समयमा जथाभावी रूपमा चर्को आवाज निकालेर मोटरसाइकल चलाउने जनगुनासो आएपछि प्रहरीले सक्रियता बढाएको हो । हामीले यसभन्दा अगाडि पनि सात वटा मोटरसाइकल नियन्त्रणमा लिएर रु ५२ हजार राजस्व उठाएका थियौँ ।’

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा सवारीसाधनको स्वरूप परिवर्तन गरी सवारीसाधन चलाउँदा रु सात हजारदेखि रु १५ हजारसम्म जरिवाना लाग्ने व्यवस्था छ ।

गत साउन यता दुई हजार ९०० बढी मोटरसाइकल नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको कुँवरले जानकारी दिए ।

बागलुङ नगरपालिका–२ का कृष्ण श्रेष्ठले राति सुतेको बेला बन्दुक पड्काए जसरी आवाज आउने गरी मोटरसाइकल चलाउँदा निन्द्राबाट ब्युउँझिने र मुटु नै ढुकढुक हुने बताए । यसले वृद्धवृद्धा र बालबालिकालाई बढी असर पार्ने गरेकाले प्रहरीले त्यस्ता मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्न जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४