Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २२ २०८३
  • 323
    SHARES

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जानुहुने भएकाे छ ।

परराष्ट्रमन्त्री खनाल भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको तीनदिने भ्रमणका लागि जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको हाे । यसअघि मन्त्री खनाल शनिबार भारत जाने तय भएकोमा भ्रमणका तालिका एक दिन अघि सारेर शुक्रबारदेखि २४ गतेसम्म तय भएको परराष्ट्र मन्त्रालयले जनाएको हाे।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालले शुक्रबादेखि आइतबारसम्म भारतको औपचारिक भ्रमण गर्ने मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै जानकारी गराएकाे थियाे । भारतीय विदेशमन्त्री जयशंकरसँग हुने भेटवार्तामा दुई पक्षीय ब्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा र जनस्तरको सम्बन्ध लगायतका विषयमा छलफल हुने समेत मन्त्रालयले जनाएकाे छ ।

साथै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने भारतको पाँच दिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किनु हुने भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४