Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दै (कार्यसूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ २० २०८३
  • 684
    SHARES

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दै छ ।

संसद सचिवालयले बैठक बुधबार मध्याह्न सवा १२ बजे बस्ने जनाएकाे हाे । बैठकमा राष्ट्रिसभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनुहुने भएकाे छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका प्रस्ताव प्रस्तुत गर्ने छलफल शुरु हुने सम्भावित कार्यसूची रहेकाे सचिवालले जनाएकाे हाे।

बैठकमा अर्थमन्त्री डा. वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको रहेकाे छ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपाल र भारतबीचकाे सीमा सम्बन्धी संसदमा दिएकाे अभिव्यक्तिकाे विषयलाई लिएर राष्ट्रियसभा बैठक पनि अवरुद्ध हुँदै आएको हाे ।

सत्तापक्ष विहीन राष्ट्रियसभामा सबै दलका सदस्यले सामूहिक रूपमा मंगलबार बैठक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४