Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा बस्न सुहाउँदैन: झलनाथ खनाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १८ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । उनले उक्त अभिव्यक्तिलाई राष्ट्रविरोधी र खतरनाक भन्दै प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेता खनालले प्रधानमन्त्री शाहको भनाइले नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि आघात पुगेको उल्लेख गरेका छन् । उनले राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा बस्न नसुहाउने टिप्पणी गरेका छन् ।

“राष्ट्रविरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन । यस सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमागेसम्म सम्पूर्ण देशभक्त जनता र शक्तिहरूले विरोध र भर्त्सना गर्नुपर्छ,” खनालले सामाजिक सञ्जालमा लेखेका छन् ।

खनालले नेपाली जनता विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध संघर्षरत रहेको उल्लेख गर्दै सीमा अतिक्रमणको विषयलाई हलुका रूपमा प्रस्तुत गर्नु राष्ट्रहितविपरीत हुने बताएका छन् । उनले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा यस्तो अभिव्यक्ति दिएका हुन् भन्ने प्रश्नसमेत उठाएका छन् ।

यस्तै, उनले प्रधानमन्त्रीले संसदमा दिएको उक्त अभिव्यक्ति संसदको अभिलेख (रेकर्ड) बाट हटाउन पनि माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक–लिम्पियाधुरा सीमा विवादबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले “भारतले मात्र होइन, नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको रहेछ” भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।

उनले सीमा सम्बन्धी विषयलाई कूटनीतिक संवादमार्फत समाधान गर्ने सरकारको सोच रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४