Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपालद्वारा सचेतनामूलक पदयात्रा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १८ २०८३
  • 437
    SHARES

काठमाडौं । विश्व मल्टिपल स्क्लेरोसिस दिवसको अवसरमा मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपालले सचेतनामूलक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।

अल्का अस्पतालको सहकार्यमा आयोजित उक्त पदयात्राको उद्देश्य मल्टिपल स्क्लेरोसिस रोगबारे जनचेतना अभिवृद्धि गर्नु, प्रभावित व्यक्तिहरूप्रति समाजको साथ र सहयोग बढाउनु तथा समयमै रोगको पहिचान र उपचारको महत्त्वबारे जानकारी गराउनु रहेको आयोजकले जनाएको छ।

पदयात्रामा स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, रोगबाट प्रभावित व्यक्तिहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। सो कार्यक्रममा सस्थाका सस्थापक सचिब आयुष चन्द्रा लगाएतका सहभागीहरूले जनचेतनामूलक सन्देशसहित पदयात्रा गर्दै रोगप्रति समाजको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा बोल्दै डा.अविनास चन्द्राले मल्टिपल स्क्लेरोसिस मस्तिष्क र मेरुदण्डको स्नायु प्रणालीमा असर गर्ने दीर्घकालीन रोग भएको उल्लेख गर्दै यसको समयमै पहिचान र उपचार आवश्यक रहेको बताएका छन् । उनले रोगका लक्षण, चुनौती तथा उपचारका सम्भावनाबारे समेत जानकारी गराएका थिए।

विश्वभर हरेक वर्ष मे ३० मा मनाइने विश्व मल्टिपल स्क्लेरोसिस दिवसले रोगबारे जनचेतना फैलाउनुका साथै प्रभावित व्यक्तिहरूको अधिकार, सम्मान र उपचारमा पहुँच सुनिश्चित गर्न जोड दिने गर्दछ।

कार्यक्रममा सहभागीहरूले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र रोगबारे फैलिएका भ्रम हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपालले आगामी दिनमा पनि जनचेतना, परामर्श तथा रोगी सहयोगसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४