Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १७ २०८३
  • 760
    SHARES

काठमाडौं । आज मे ३१, विश्वभर विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। हरेक वर्ष मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउनु, सुर्ती उद्योगका रणनीतिबारे जानकारी गराउनु तथा स्वस्थ जीवनशैली र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे सचेत गराउनु हो।

विश्व स्वास्थ्य सङ्गठन (World Health Organization) का सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्वव्यापी रूपमा फैलिएको सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका थिए। प्रारम्भमा सन् १९८८ अप्रिल ७ लाई ‘विश्व धूमपानरहित दिवस’का रूपमा मनाउने निर्णय गरिएको भए पनि पछि प्रत्येक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवस मनाउने व्यवस्था गरिएको हो।

डब्ल्युएचओका अनुसार हाल विश्वभर करिब ८ अर्ब ८१ करोडभन्दा बढी मानिसले कुनै न कुनै प्रकारका सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्। तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका मुलुकका नागरिक रहेका छन्। पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग केही घटेको देखिए पनि अझै विश्वका प्रत्येक पाँचमध्ये एक वयस्क व्यक्तिले सुर्तीजन्य पदार्थ सेवन गरिरहेको तथ्याङ्कले देखाएको छ।

सङ्गठनका अनुसार सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष विश्वभर ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। तीमध्ये करिब १२ लाख मानिसको मृत्यु प्रत्यक्ष धूम्रपान नगरे पनि अरूको धूम्रपानबाट प्रभावित हुने निष्क्रिय धूम्रपानका कारण हुने गरेको छ।

यस वर्षको दिवसको अवसरमा डब्ल्युएचओले विशेष रूपमा नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन सरकारहरूलाई प्रभावकारी नीति तथा कार्यक्रम लागू गर्न आग्रह गरेको छ। विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका करोडौँ बालबालिका र किशोरहरू सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न रहेको उल्लेख गर्दै सङ्गठनले विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको बढ्दो प्रयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

डब्ल्युएचओका स्वास्थ्य निर्धारक, प्रवर्द्धन तथा रोकथाम विभागका निर्देशक डा. एटिएन क्रुग ले सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष लाखौँ मानिसको ज्यान गइरहे पनि ठूला कम्पनीहरूले नयाँ उत्पादनमार्फत युवा पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास गरिरहेको बताएका छन्। उनका अनुसार स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनको आक्रामक बजार विस्तारले विशेष गरी किशोर र युवालाई लक्षित गरिरहेको छ।

डब्ल्युएचओले निकोटिन अत्यधिक लत लाग्ने पदार्थ भएको र विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुन सक्ने चेतावनी दिएको छ। हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गर्ने अनुमान गरिएको छ भने किशोर उमेर समूहमा यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ।

हालै सार्वजनिक गरिएको प्रतिवेदनअनुसार सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूमार्फत निकोटिन पाउच तथा ई–सिगरेटको प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ। आकर्षक प्याकेजिङ, मिठाईजस्ता स्वाद र आधुनिक जीवनशैलीसँग जोडिएका विज्ञापन अभियानमार्फत युवालाई लक्षित गर्ने रणनीति अपनाइएको प्रतिवेदनमा उल्लेख छ।

डब्ल्युएचओका अनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी व्यवस्था वा प्रभावकारी नियमन छैन। पर्याप्त नियमनको अभावमा यसको प्रयोग र बिक्री तीव्र गतिमा बढिरहेको भन्दै सङ्गठनले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमा प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रायोजन रोक्न, सार्वजनिक स्थानलाई पूर्ण रूपमा धूम्रपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई कडाइका साथ लागू गर्न आग्रह गरेको छ।

सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग समयमै नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिँदै डब्ल्युएचओले स्वस्थ, सुरक्षित र धूम्रपानमुक्त समाज निर्माणका लागि सरकार, समुदाय, स्वास्थ्य क्षेत्र र नागरिक समाज सबैको साझा प्रयास आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४