Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई सार्वभौम बनाएको छः राष्ट्रपति पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १५ २०८३
  • 1.2K
    SHARES

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्ताे बताउनुभएकाे हाे । राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक नै भएको उल्लेख गर्नुभयाे । नेपालको संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय र समाजवादका मान्यताहरूलाई आत्मसात गर्दै विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थाको जग बसालेको उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलले नागरिक सर्वोच्चतालाई संविधानको महान उपलब्धिको रूपमा व्याख्या गर्दै वर्तमान व्यवस्थाले सिंहदरबारको अधिकारलाई गाउँगाउँसम्म पुर्‍याएको दावी गर्नुभयो । नागरिकका गुनासोहरू शासकीय संरचनाबाटै सम्बोधन हुने उन्नत लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जगलाई थप मजबुत बनाएको उहाँले उल्लेख गर्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म ‘निमुखालाई न्याय र विपन्नलाई आय’ प्रदान गर्नु रहेको राष्ट्रपति पौडेलको तर्क छ । नागरिकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक स्वतन्त्रताको रक्षा गर्दै उनीहरूको जीवनस्तर उकास्नु नै यस व्यवस्थाको मुख्य दर्शन भएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४