Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैदेशिक रोजगारीको सपना देखाएर ९७ लाखभन्दा बढी ठगी गर्ने ६ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १४ २०८३
  • 874
    SHARES

काठमाडौं । वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट रु ९७ लाख ५८ हजार ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, सिरहाको लहान नगरपालिका–६ का आशिष कार्की, काठमाडौं टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, टोखा नगरपालिका–३ की तुलसा पुनमगर, पाल्पाको तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल तथा चन्द्रागिरि नगरपालिका–११ का प्रवीण श्रेष्ठ रहेका छन् ।

प्रहरी अनुसन्धानअनुसार आरोपीहरूले आकर्षक तलब, सहज प्रक्रिया र छिट्टै विदेश पठाइदिने आश्वासन दिँदै पीडितहरूबाट ठूलो रकम असुलेका थिए । उनीहरूले क्यानडा, न्युजिल्याण्ड, बेलायत, अमेरिका, दुबइ र सर्बिया जस्ता देशमा आकर्षक रोजगारी उपलब्ध गराइदिने भन्दै रकम उठाएको खुलेको छ ।

प्रहरीका अनुसार रामबहादुर आलेमगरले चार जनालाई क्यानडा पठाइदिने भन्दै रु ३९ लाख ५८ हजार उठाएका थिए । त्यसैगरी आशिष कार्कीले न्युजिल्याण्ड पठाउने प्रलोभनमा तीन जनाबाट रु १३ लाख असुलेका थिए । लोकबहादुर श्रेष्ठले बेलायतमा उच्च आम्दानी हुने जागिर लगाइदिने भन्दै एक जनाबाट रु १९ लाख लिएको आरोप छ ।

यस्तै तुलसा पुनमगरले अमेरिका पठाउने भन्दै एक जनाबाट रु १० लाख, कृष्णप्रसाद पोखरेलले दुबइमा आकर्षक रोजगारीको आश्वासन दिँदै रु १० लाख तथा प्रवीण श्रेष्ठले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट रु ६ लाख ठगी गरेको प्रहरीको भनाइ छ ।

पीडितहरूले आफूहरूबाट रकम लिएपछि सम्पर्कविहीन भएको र विदेश पठाउने प्रक्रिया समेत अघि नबढाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि अनुसन्धान थालेको प्रहरीले विभिन्न स्थानमा खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

हाल पक्राउ परेकामाथि वैदेशिक रोजगार ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई सरकारी अनुमति प्राप्त म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन तथा आकर्षक प्रलोभनमा नपर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४